वासिङ्टन डीसी, साउन १३ – पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पिटर नभारोले भारतमाथि रूसी सरकारलाई आर्थिक सहयोग गरेको आरोप लगाएका छन्।
माइक्रोब्लगिङ साइट ‘एक्स’मा पोस्ट गर्दै नभारोले भारतीय तेल कम्पनीहरूले रुसबाट सस्तो मूल्यमा कच्चा तेल किनेर प्रशोधन गरी युरोप, अफ्रिका र एसियामा बिक्री गर्दै आएको बताएका छन्।
उनले भारतलाई ‘रूसी तेलबाट हुने कमाइलाई सेतो बनाउने माध्यम’को रूपमा चित्रण गरेका छन्। “यस व्यापारबाट आम्दानी भारतका राजनीतिक रूपले जोडिएका ऊर्जा व्यवसायीहरूसम्म पुग्छ र अन्ततः पुटिनको युद्ध कोषमा जान्छ,” नभारोले भने।
एक दिनअगाडि उनले युक्रेन युद्धलाई ‘मोदीको युद्ध’ भन्दै आलोचना गरेका थिए। साथै, भारतले यदि अमेरिका रणनीतिक साझेदार भएको फाइदा लिन चाहन्छ भने, उसले पनि त्यस्तै व्यवहार गर्नुपर्ने चेतावनीसमेत दिएका छन्।