काठमाडौँ — शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले वृद्धि भएको हो।
अब छापावाल सुनको मूल्य १ लाख ९५ हजार २०० रुपैयाँ तोलामा पुगिसकेको छ, जबकि बिहीबार यो १ लाख ९४ हजार ८०० रुपैयाँ तोलामा थियो।
यसैबीच, चाँदीको मूल्य पनि केही वृद्धि भएको छ। बिहीबार २ हजार २९० रुपैयाँ तोलामा रहेका चाँदीको मूल्य शुक्रबार बढेर २ हजार ३१० रुपैयाँ तोलामा पुगेको महासंघले जनाएको छ।