हिपमत डटकम

मंगलबार, कार्तिक २६, २०८२ || 519  पटक पढिएको

वीरगंज — मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सर्वोच्च अदालतले आफ्नो नियुक्ति असंवैधानिक ठहराए तत्काल पद त्याग गर्ने बताएका छन्।

जनकपुरधाममा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले अदालतको निर्णयको पूर्ण सम्मान गर्ने उल्लेख गर्दै भने, “एमाले संविधान र कानुनको पालना गर्ने पार्टी हो, अदालतको आदेश आए तुरुन्त सत्ता हस्तान्तरण गर्न तयार छु।”

मुख्यमन्त्री यादवले अन्य दलहरूबाट पनि विश्वासको मत प्राप्त हुने आशा व्यक्त गरे। उनका अनुसार, एमालेले अघिल्ला चरणमा जसपा नेपाल र जनमत पार्टीलाई सहयोग गरेकाले अहिले ती दलहरूले पनि एमाले नेतृत्वको सरकारलाई साथ दिने अपेक्षा गरिएको छ।

उनले प्रदेशमा स्थायित्वका लागि सबै दलसँग छलफल भइरहेको बताउँदै सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!