हिपमत डटकम

मंगलबार, कार्तिक २६, २०८२ || 670  पटक पढिएको

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी एकताका लागि जसपाका अध्यक्ष अशोक राईलाई प्रस्ताव गरेका छन्।h

२०८१ वैशाखमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग हुँदै अशोक राईले नयाँ जसपा गठन गरेका थिए। डेढ वर्षपछि यादवले ‘घर फर्क अभियान’ अन्तर्गत पार्टी एकताको पहल गरेका हुन्। यादवले शीर्ष नेतामार्फत राईलाई औपचारिक रूपमा एकताको प्रस्ताव पठाएका छन्।

जसपाका महासचिव इस्तियाक राईले प्रस्ताव आएको स्वीकार गर्दै भने, “जसपा नेपालका नेताहरूले एकता र सहकार्यको प्रस्ताव गर्नुभएको छ, हामीले त्यसलाई सकारात्मक रूपमा लिएका छौँ।”

तर उनले हतारमा एकता गर्नुभन्दा अधिकार र पहिचानका मुद्दामा सहकार्यमा जोड दिनुपर्ने बताएका छन्। “विगतका एकताहरू मधेसमा टिकेनन्, त्यसैले कार्यगत एकता र मोर्चाबन्दी नै उपयुक्त हुन्छ,” राईले बताए।

उनका अनुसार, जसपाले हाल एकता र सहकार्यका लागि कार्यदल गठन गरेको छ, तर कुनै पार्टीसँग औपचारिक रूपमा एकता गर्ने निर्णय भएको छैन।

यता जसपा नेपालले अशोक राईको पार्टीसँग मात्र नभई महन्थ ठाकुर नेतृत्वको लोसपा नेपालसँग पनि एकताको पहल थालेको छ। यादव र ठाकुरबीच नियमित छलफल भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!