हिपमत डटकम

शुक्रबार, भाद्र ०६, २०८२ || 1668  पटक पढिएको

काठमाडौं, भदौ ५** — प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइको माग गर्दै इजरायल पुगेका उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी बिहीबार राति नेपाल फर्किएका छन्।

दश दिन लामो इजरायली भ्रमणपछि स्वदेश फर्केकी पुष्पा जोशीले दाजुको सकुशल रिहाइका लागि अझै कूटनीतिक पहल आवश्यक रहेको भन्दै सरकार र अन्तर्राष्ट्रिय समुदायलाई सक्रिय बन्न आग्रह गरेकी छन्।

उनीहरूले इजरायली राष्ट्रपति आइज्याक हर्जोग र संसद अध्यक्ष अमिर ओहानासँग भेट गरी विपिनको रिहाइका लागि सहयोगको अपिल गरेका थिए। राष्ट्रपति हर्जोगले विपिनको अवस्था बारे सरकार निरन्तर सचेत रहेको बताएका कारण आफूहरू केही हदसम्म आशावादी भएको पुष्पाले बताइन्।

विपिन जोशी २०८० असोज २० गते ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायलमा हुँदा हमासले इजरायलमाथि आक्रमण गरेपछि सम्पर्कविहीन भएका थिए। उनीसँगै रहेका नेपाली साथीहरूले हमासले विपिनलाई बन्धक बनाएको पुष्टि गरेका छन्।

उक्त आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने केही अझै हराइरहेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!