विराटनगर ।विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पताल २५ औं वर्षमा प्रवेश गर्न लागेको छ। आगामी भाद्र ८ गतेदेखि अस्पतालले रजत महोत्सव मनाउने तयारी गरेको छ। अस्पतालका संस्थापक एवं वरिष्ठ न्यूरोलोजिष्ट डा. विरेन्द्र विष्ट र अप्रेसनल डाइरेक्टर राजेश भट्टराईले बिहीबार पत्रकार सम्मेलन गरेर कार्यक्रमबारे जानकारी दिएका हुन्। उनीहरूले महोत्सवको अवसरमा बिरामीलाई विभिन्न सहुलियत उपलब्ध गराउने तथा विविध सामाजिक र स्वास्थ्यसम्बन्धी कार्यक्रम आयोजना गरिने बताए।

भट्टराईका अनुसार हाल अस्पतालमा डाक्टर, नर्ससहित करिब ६५० जना कर्मचारी कार्यरत छन्। नेपाल सरकारसँग २५० शय्याको अस्पताल सञ्चालन गर्न स्वीकृति लिए पनि हाल १५० शय्याको मान्यता पाएर सेवा दिइरहेको उनले जानकारी दिए।

न्यूरो कार्डियोले झापा, सिराहा र सुनसरीमा शाखा विस्तार गर्ने योजनासमेत अघि सारेको छ। झापामा जग्गा खरिद भइसकेको र अस्पताल निर्माण प्रक्रियामा रहेको भट्टराईले बताए।डा. विष्टले २०५७ साल भाद्र ८ गते ‘न्यूरो डाइग्नोष्टिक एण्ड रिसर्च सेन्टर’ स्थापना गरेर सेवा सुरु गरेका थिए, जसलाई २०६२ असोज १ गतेदेखि ‘न्यूरो अस्पताल’ मा रूपान्तरण गरिएको हो।

हाल अस्पतालमा न्यूरोलोजी, मुटु रोग, स्त्री तथा प्रसूति, मानसिक रोग, नेफ्रोलोजी, ग्यास्ट्रोलोजी, न्यूरो सर्जरी, हाडजोर्नी, सामान्य शल्यक्रिया तथा ल्याप्रोस्कोपिक, नवजात शिशु तथा बाल स्वास्थ्य, नाक–कान–घाँटी, युरोलोजी र नेत्र रोग लगायतका सेवा सञ्चालन भइरहेका छन्।अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये ५० प्रतिशतभन्दा बढी भारतीय नागरिक हुने गरेको भट्टराईले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!