अफगानिस्तानको दुई ओटा प्रान्तमा तालिबान लडाकू समूहले गरेको आक्रमणमा परी १८ जना सुरक्षा अधिकारीका सदस्यहरु मारिएका छन् । आइतबार राती भएको उक्त आक्रमणमा परी अन्य एक सर्वसाधारण पनि मारिएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । अफगानिस्तानमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको र यसबाट ४ जनाको मृत्युको हुनुको साथै १२० व्यक्तिमा सङ्क्रमण देखिएको छ ।

विश्वभरी कोरोना भाइरसको सङ्क्रमणको महामारी चलिरहेको यस अवस्थामा अमेरिका र अफगानिस्तानबीच चलिरेहको शान्ति वार्ता पनि रोकिएको अवस्थामा नै रहेको छ । तर यस परिस्थितिमा पनि तालिबान आतङ्ककारी समूहको आक्रमण भने रोकिएको छैन् । अफगानिस्तानमा हाल पनि सुरक्षाबललाई लक्ष्यगरी हुने आक्रमण बारम्बार भइरहेको छ ।–सिन्ह्वा/ एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!