विशेष अदालतले सर्लाहीस्थित बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा दोषी ठहर गरेको छ।

अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले थापालाई एक वर्ष कैद सजायको साथै ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ जरिवाना तोकेको हो।

अदालती फैसलामा थापा र उनको परिवारको आय स्रोतभन्दा खर्च अत्यधिक देखिएको उल्लेख छ। अदालतका अनुसार उनीहरूको आयभन्दा ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ २३ पैसा बढी खर्च भएको देखिएको छ, जुन गैरकानुनी रूपमा आर्जन गरिएको ठहर गरिएको हो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!