हिपमत डटकम

बिहिबार, साउन २३, २०८२ || 2318  पटक पढिएको

विराटनगर ।झापाको कमल गाउँपालिका- ६ स्थितबाट प्रतिवन्धित औषधी बेचविखनमा संलग्न मेडिकल संचालक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन २१ गते झापाको कमल गाउँपालिका- ६ स्थित बिष्णु प्रसाद बगालेको घरमा लागू औषध लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उक्त घरको कोठा भित्र प्रतिबन्धित औषधी ट्रामाडोल ३ हजार क्याप्सुल, डायक्लोमाई २ हजार १ सय १० ट्याव्लेट र स्पास्पेन २ हजार ५० ट्याव्लेट बरामद गरेको हो ।

प्रतिबन्धित औषधी बरामद भए संगै घर धनी बगाले र बेचबिखनमा संलग्न दमक मेडिकल डिस्ट्रिब्युटरका संचालक ४० बर्षीय गंगा बहादुर खड्कालाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!