हिपमत डटकम

बुधबार, साउन २२, २०८२ || 489  पटक पढिएको

साउन २१ गते, इनरुवा — सुनसरीको कोशी गाउँपालिका–८ भिमनगर बोर्डर नजिकै नक्कली नोट कारोबार गर्ने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ईलाका प्रहरी कार्यालय भाण्टाबारीको टोलीले लु.९२ प.२३८० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा सप्तरी हनुमान कंकालिनी नपा–०२ का २६ वर्षीय राजेश कुमार रजक र वडा नं. १ का २५ वर्षीय राजेश चमार रजकलाई पक्राउ गरेको छ।

पक्राउ परेका राजेश चमार रजकको साथबाट एक हजार रुपैयाँका ३८ थान नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ।

मोटरसाइकल समेत नियन्त्रणमा लिएर उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!