विराटनगर ।सुनसरी र झापा जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन २० गते सुनसरीको कोशी गाउँपालिका-१ स्थितमा लागू औषध बेचबिखन भईरहेको छ बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ८८ ग्राम ३८ मिलिग्राम ब्राउन सुगर र २ लाख ५६ हजार नेपाली रुपैँया सहित कोशीगाउँपालिका-४ का ३४ बर्षीय मनोज कुमार खत्वे र भारत अररिया बस्मतियाका ४५ बर्षीय राज कुमार खत्वेलाई नियन्त्रणमा लिएको छ भने जिल्ला प्रहरी कार्यालय सुनसरीले ईनरुवा-४ बाट बराहक्षेत्र नगरपालिका-२ का २० बर्षीय रमेश बस्नेतलाई १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
यसै गरी झापाको प्रहरी चौकी शनिश्चरेले अर्जुनधारा नगरपालिका-७ का ३२ बर्षीय बिजय मगर, अर्जुनधारा- ३ का जिवन चौलागाई र अर्जुनधारा- ४ का २४ बर्षीय देवेन्द्र भन्ने अशोक चौधरीलाई ४०० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय काँकरभिट्टाले बिर्तामोड नगरपालिका- ५ का २४ बर्षीय अभिनाश चौधरीलाई ६१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।