काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन २३ गते दिउँसो १ बजे केन्द्रीय समितिको बैठक बोलाएको छ।
बैठक केन्द्रीय कार्यालय वनस्थलीमा हुने बताइएको छ। प्रवक्ता मनिष झाकाका अनुसार बैठक बोलाउने निर्णय भइसके पनि एजेन्डा अझै निश्चित भइनसकेको छ। एजेन्डा बुधबार साँझसम्म टुंगो लगाइने जानकारी दिइएको छ।
यसअघि मंगलबार पार्टीले सचिवालय बैठक पनि सम्पन्न गरेको थियो, जसमा मुख्य रूपमा रुपन्देही–३ को उपनिर्वाचन सम्बन्धी विषयमा छलफल भएको नेताहरूले बताएका छन्।