संसारभरी बितन्डा मच्चाइरहेको कोरोनाभाइरसको पहिलो संक्रमितबारे पत्ता लागेको । ५७ वर्षकी पहिलो संक्रमित महिला चीनको ऊहानमा झिङ्गे माछा बेच्थिन् । वेई गुझियानलाई ‘पेसेन्ट जिरो’ नाम दिइएको छ । पेसेन्ट जिरो ती व्यक्तिलाई भनिन् जसमा सबैभन्दा पहिले कुनै रोगको लक्षण देखिन्छ । विशेष कुरा के हो भने करिब एक महिनाको उपचारपछि उनी पूर्ण रुपमा ठिक भइसकेकी छिन् ।

द वाल स्ट्रिट जर्नलका अनुसार ती महिला ऊहानको हुआनैन सी–फूड मार्केटमा १० डिसेम्बरमा झिङ्गे माछा बेचिरहेका बेला संक्रमणमा परेकी थिइन् । त्यतिबेलो उनले सार्वजनिक शौचालय प्रयोग गरेकी थिइन् र त्यसपछि उनलाई रुघा खोकीले जकडेको थियो ।

३१ डिसेम्बरमा ऊहान म्युनिसिपल हेल्थ कमिशनले सबैभन्दा पहिला ती महिलाको नाम सार्वजनिक गरेको थियो । वेई ती २७ संक्रमितमा समावेश थिइन् जसलाई सबैभन्दा पहिले कोरोनाभाइरसद्वारा संक्रमित पाइयो । यी २७ संक्रमितमध्ये २४ जना त्यही सीफूड मार्केटबाट संक्रमित भएका थिए जहाँ यी महिला झिङ्गे माछा बेच्थिन् । पछि यसबारे विभिन्न विरोधाभासी रिपोर्ट पनि सार्वजनिक भए जसमा चिनियाँ सरकारले पेसेन्ट जिरो भेटिएको भन्ने दाबी खारेज गरेको थियो ।

सबैभन्दा पहिलो बिरामी त्यसकारण पेसेन्ट जिरोः

सबैभन्दा पहिले रिपोर्ट भएको घटनाको रुपमा वेईलाई पेसेन्ट जिरो मानिएको हो तर चीन सरकारको तर्फबाट अहिलेसम्म यसबारे कुनै आधिकारिक बयान सार्वजनिक भएको छैन । यता चिनियाँ पत्रिका ‘ग्लोबल मिडिया’ ले कोरोना भाइरस अमेरिकी सैन्य प्रयोगशालामा विकसित गरिएको र अक्टोबरमा ऊहानमा भएको वर्ल्ड मिलिट्री गेम्सको क्रममा साइक्लिस्ट मजाट्जे बेनासी कोरोनाभाइरसको स्रोत थिए । त्यसपछि चीन र अमेरिकाबीच शीतयुद्ध सुरु भएको थियो र दुई देशले एक–अर्कामाथि आरोप लगाएका थिए ।

यसरी सार्वजनिक भयो नामः

चीनको न्यूज वेबसाइट ‘द पेपर’ ले एक रिपोर्टलाई हवाला दिँदै यी महिला पेसेन्ट जिरो भएको बताएको हो । ब्रिटेनको द मिरर, सिड्नीको न्यूज डट अष्ट्रेलियालगायतले पनि यी महिलालाई पेसेन्ट जिरो बताएको छ ।

सबैभन्दा पहिले ६ मार्चमा द वाल स्ट्रिट जर्नले आफ्नो खोजमुलक रिपोर्ट मा वेई गुझियानको नाम सार्वजनिक गरेको थियो । द वाल स्ट्रिट जर्नलका पत्रकार जेरेमी पेज, वेन्झिंग फ्यान र नताशा खानले उक्त रिपोर्ट बनाएका थिए ।

यस्तै, २७ मार्चमा युरोपका विभिन्न समाचार एजेन्सीले चीनको स्रोतलाई हवाला दिँदै यी महिला नै पेसेन्ट जिरो भएको दाबी गरे ।

पेसेन्ट जिरोले बयान दिइन्ः

महिला वेई गुझियानले भनिन्, ‘मलाई हरेक चिसो मौसममा रुघा–खोकी लागिरहन्थ्यो । १० डिसेम्बरमा जब यस्तो भयो तब मैले सामान्य नै होला भनेर ठानेँ । मलाई गत वर्षभन्दा धेरै नै थकाई लाग्न थाल्यो । म त्यसैदिन घर नजिकैको एक क्लिनिकमा गएँ र औषधी खाएपछि पुनः बजारमा आफ्नो काम गर्न थालेँ । जब मेरो स्थिती बिग्रन थाल्यो तब म ऊहानको द इलेवेन्थ अस्पतालमा गएँ । त्यहाँ पनि मेरो रोगबारे पत्ता लाग्न सकेन र मलाई औषधी दिइयो ।’

कोरोनाबारे २१ दिनपछि पत्ता लाग्योः

त्यसको ५ दिनपछि उनी लगभग बेहोस नै हुन थालेकी थिइन् त्यसपछि १६ डिसेम्बरमा ऊहान युनियन अस्पतालमा उनको राम्रोसँग उपचार गरियो । डाक्टरले उनको रोगलाई निर्मम त बताए तर उनलाई जस्तो लक्षण देखिएको छ ठ्याक्कै त्यस्तै अरु व्यक्तिमा पनि देखिएको बताए । चिनियाँ प्रशासनले उनलाई डिसेम्बरको अन्तिममा क्वारेन्टाइनमा राख्यो र त्यसपछि पहिलो पटक ऊहानको त्यही सीफूड मार्केट र कोरोनाभाइरससँग सम्बन्ध भएको पाइयो । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!