हिपमत डटकम

बुधबार, कार्तिक २७, २०८२ || 399  पटक पढिएको

काठमाडौँ । करिब २८ महिनाअघि गठन भएको चार दलीय समाजवादी मोर्चा विघटन भएको छ। समाजवादी क्रान्तिको आधार तयार पार्ने, राष्ट्रिय एजेन्डामा समान धारणा बनाउने र भविष्यमा पार्टी एकता गर्ने उद्देश्यले बनेको मोर्चा अन्ततः भङ्ग भएको हो।

मोर्चाका संयोजक समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव **नेत्रविक्रम चन्द ‘विप्लव’**ले बुधबार विज्ञप्ति जारी गर्दै मोर्चाबाट अलग भएको घोषणा गरेका हुन्।

विप्लवले विज्ञप्तिमा भनेका छन्,

“जेनजी विद्रोहपछि नेपालको राजनीतिक परिवेश र धारणाहरूमा व्यापक फेरबदल भएका छन्। सबै राजनीतिक दल नयाँ खालका एकता र मोर्चाबन्दीमा सहभागी बन्दै छन्। समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरूले एकता गरेर नेपाली कम्युनिस्ट पार्टी बनाइसकेका छन्, त्यसैले अहिलेको अवस्थामा मोर्चाको औचित्य समाप्त भएको निष्कर्षमा पुगेका छौँ।”

कात्तिक १९ गते मोर्चामा आबद्ध दलहरू — नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)नेपाल समाजवादी पार्टीबीच एकता भएको थियो।

यो मोर्चा २०८० साल असार ४ गते पूर्व नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र विप्लव नेतृत्वको नेकपाबीच बनेको थियो।

तर जसपा विभाजनपछि २०८१ साल साउन १ गते जसपा मोर्चाबाट बाहिरिएको थियो। सोही दिन महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी मोर्चामा सामेल भएको थियो।

मोर्चाले गठनपछि ५५ जिल्ला र दुई सय पालिकासम्म संगठन विस्तार गरेको थियो। साथै काठमाडौँमा दुई पटक ठूला विरोधसभा र सातै प्रदेशमा सन्देश सभा आयोजना गरेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!