रङ्गेली । ‘महिला अधिकारको सम्मान : आत्मनिर्भरता हाम्रो अभियान’ भन्ने नाराका साथ रङ्गेली नगरपालिकाले सीप सिकाएर आत्मानिर्भर बनाउने उदेश्यका साथ विभिन्न समयमा नगर भित्रका महिलाहरु घर भित्र मात्रै सिमित रहेकाे र उनिहरुलाई सीप सिकाएर उद्यमी बनाउनका लागि एक महिने जुत्ता तथा चप्पल तालिम सम्पन्न गरेको छ।
वैशाख १५ गते देखि जेष्ठ २५ गते सम्म भएको रंगेली २ स्थित लक्ष्मीपुरमा भएको तालिममा आर्थिक सहयोग रंगेली नगरपालिका र मनकामना स्कील डेभलोपमेन्ट एण्ड टेनिङ्ग सेन्टर प्रा.लि.काे आयोजनामा भएको उक्त कार्यक्रममा महिलाहरुकाे सहभागीता रहेको थियो ।
मनकामना स्किल डेभलपमेन्ट एण्ड ट्रेनिङ सेन्टरका रिता कुमारी पाण्डेले तालिममा सहभागी हरुलाई तालिम दिलाएर सक्षम बनाउन ठुलाे भुमिका समेत रहेको थियोे । कार्यक्रममा उपमेयर भुमा पराजुली, मनकामना स्किल डेभलपमेन्ट एण्ड ट्रेनिङ्ग सेन्टरका कमला न्याैपाने, जनप्रतिनिधि , स्थानीय, बुद्धिजीवी लगायतकाे समेत उपस्थिति रहेको थियोे ।
एक महिनाको जुत्ता निर्माण तथा मर्मत तालिम पछि सहभागीहरुलाई व्यवसाय सुरु गर्नका लागि प्रमुख अतिथि उप–प्रमुख भुमा पराजुलीले मेशिन, उपकरण तथा प्रविधि समेत टेवाको रूपमा मेसिन ,फर्मा, औजार आदी सामाग्री समेत हस्तान्तरण गरिएको छ ।