हिपमत डटकम

बुधबार, बैशाख १७, २०८२ || 1472  पटक पढिएको

विराटनगर।तेस्रो लेखक दिवसका अवसर पारेर नेपाली लेखक संघ कोशी प्रदेश र उदयपुर शाखाले स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।उदयपुरको सदरमुकाम गाईघाटमा आयोजित कार्यक्रममा भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा योगदान पु¥याउने दुईजना स्रष्टााई सम्मान गरिएको थियो ।

कार्यक्रममा गोवद्र्धन तामाङ र तेजनारायण शेर्पा ‘रञ्जन’लाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा.डा. गोपाल भण्डारी, लेखक संघ कोशी प्रदेश अध्यक्ष गोकुल अधिकारी, संघका प्रदेश महासचिव समेत रहेका प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित, उदयपुर शाखा अध्यक्ष वासुदेव पोखरेललगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । तामाङ र शेर्पा विगत साढे ६ दशकभन्दा लामो समयदेखि भाषा, साहित्य, संस्कृतिका क्षेत्रमा सक्रिय छन् ।

सोही अवसरमा आयोजित सिर्जना वाचनमा कार्यक्रममा प्रकाश विमित, हरिशरण खतिवडा, कौशल चेम्जोङ, लक्ष्मी रायमाझी, सुमन पोखरेल, मुनाल पोखरेल, अञ्जु अश्रु, कृष्ण अधिकारी, कुमार कोइराला, कृतिबहादुर खत्री, महेन्द्र राई, पेशलकुमार दाहाल, रविन्द्र शाहीलगायतल तीन दर्जनभन्दा बढीले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए । त्यस्तै प्रमुख अतिथि भण्डारी, विशेष अतिथि संघका प्रदेश अध्यक्ष अधिकारी, प्रेस युनियनका प्रदेश अध्यक्ष नवोदित, पत्रकार महासंघ उदयपुरका अध्यक्ष भक्तिविलाश पोखरेल, साहित्यकार राममणि पोखरेल, प्रदेश सांसद लीला राई, उदयपुर साहित्य परिषद्का अध्यक्ष विदुर खड्का, प्रगतिशील लेखक संघ उदयपुरका अध्यक्ष श्यामप्रसाद ढुंगाना, संघका सल्लाहकार वीरेन्द्रकुमार बस्नेतलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

मोरङ शाखाद्वारा पनि विविध कार्यक्रम आयोजना नेपाली लेखक संघ मोरङ र गुराँस पुस्तकालयको संयुक्त आयोजनामा विराटनगरमा तेस्रो राष्ट्रिय लेखक दिवस सम्पन्न भएको छ ।गुराँस पुस्तकालयको सभाकक्षमा आयोजित कार्यक्रममा प्राध्यापक कविराज न्यौपाने प्रमुख अतिथि थिए भने साहित्यकार बलराम पोखरेल विशिष्ट अतिथिको रूपमा उपस्थित थिए । कार्यक्रममा ‘बिपीको साहित्यमा समाजवाद’ विषयमा विशेष बहस आयोजना गरिएको थियो ।

कार्यक्रममा साहित्यकार सीमा आभासले विश्वेश्वरप्रसाद कोइरालाको साहित्यमा समाजवादी विचारधाराको अभिव्यक्ति कसरी देखिन्छ भन्ने विषयमा विश्लेषण प्रस्तुत गरेकी थिइन् । बहससँगै साहित्यिक रचनावाचनसमेत गरिएको थियो । कार्यक्रमको स्वागत मन्तव्य लक्ष्मी पोखरेलले दिएकी थिइन् भने कार्यक्रमको उद्देश्यबारे चूडामणि नेपाल ‘अकिञ्चन’ले प्रकाश पारेका थिए । कविहरु रोहिणी रसिक, भवानीप्रसाद पोखरेल, पुष्पा सायरा, राधा भट्टराई, प्रिन्स प्रमोद, बाबुराम पोखरेल, रञ्जना भट्टराई, प्रमिला प्याकुरेल, प्रतिमा निरौलालगायतले रचना वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन नेपाली लेखक संघ मोरङकी सचिव शुभलक्ष्मी लम्सालले गरेकी थिइन् । लेखक दिवसका अवसरमा कोशी प्रदेशका इलाम, धनकुटा, झापा, खोटाङलगायतका जिल्लामा पनि विशेष कार्यक्रम आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!