शनिबार, चैत्र १५, २०७६ || 1013  पटक पढिएको

अस्ट्रेलियामा ६ जना नेपालीमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको छ। सिडनीमा चार जना विद्यार्थी र मेलबर्नमा दुई जना गरि जम्मा ६ जनामा कोरोनाको संक्रमण देखिएको हो ।

सिड्नीको ग्रानभिलको एउटा अपार्टमेन्टमा बस्ने तीन जना नेपाली विद्यार्थी र एक जना नर्सिङ होममा काम गर्ने साहयक नर्समा कोरोना संक्रमण पुष्टि भएको एनआरएनए उपाध्यक्ष तथा एनएसडब्लु संयोजक देब गुरुङले जानकारी गराए ।

गुरुङका अनुसार उनीहरू हाल आइसोलेसनमा रहेका छन्। एक जना नेपाली युवतीमा कोरोना देखिएपछि सँगै बस्ने अन्य दुई जनालाई पनि परीक्षण गर्दा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएकोू गुरुङले बताए ।

ग्रान्भिल क्षेत्र नेपालीहरूको बाक्लो बस्ती रहेको एरिया हो । त्यसै गरि एनआरएनए अस्ट्रेलियाका अध्यक्ष केशव कंडेलका अनुसार मेलबर्नमा पनि एकै परिवारका तिनजनाको कोरोना परिक्षण गर्दा दुई जनामा कोरोना पुष्टि भएको छ भने एक जनाको रोपोर्ट अझै आउन बाकी छ ।

अध्यक्ष कंडेलका अनुसार उक्त परिवारमा नेपालबाट भर्खरै आएकी सालिबाट कोरोना सरेको हो जानकारि प्राप्त भएको उनले बताए । अस्ट्रेलियामा करिब ६० हजार नेपाली विद्यार्थी अध्ययनरत छन र यस्तो परिस्थितिमा एन आर एन ए विद्यार्थीको बिषयमा निकै गम्भीर भएको अध्यक्ष कडेलले बताए ।

यसैबीच एन आर एन ए अस्ट्रेलियाले सेल्फ आईसोलेसनमा रहेका र आफन्त नभएको विद्यार्थीहरुलाई आकास्मिक राहत स्वरुप अत्यावश्यक खाद्यान्न सामाग्री बितरण गरि रहेको छ ।

सिड्निमा करिब २८ जनालाई करिब ४० डलर बराबरको खाद्यान्न बितरण गरिसकिएको संयोजक गुरुङले बताए ।

करिब २ हप्ता देखि एक महिना दिने राहतमा अर्को चरणमा सेनिटरी सामाग्री सहित बितरण गरिने गुरुङले बताए। त्यसैगरी तास्मेनियामा पनि एकजनालागि ८ देखि ९ डलर सम्मको दुई हप्ता पुग्ने खाद्यान्न सामाग्री बितरण गरिएको एनआरएनए तास्मेनिया संयोजक सन्देश परियारले जानकारि गराए ।

परियारका अनुसार तास्मेनिया भेटिएको कोरोना संक्रमीत ब्यक्ति पुर्ण स्वस्थ भइसकेको पनि जानकारी गराए । एनआरएनएले छनोटको लागि फारम भर्ने ब्यबस्था गरेको थियो ।

उक्त फाराम मार्फत आएको विवरण अनुसार एनएसडब्लु राज्यमा सबैभन्दा बढी १२१ जना,कुइन्सल्यान्डमा ९९ जना , भिक्टोरियामा ८० जना , साउथ अस्ट्रेलियामा २२ जना,तास्मेनियामा ८ जना, वेस्टर्न अस्ट्रेलियामा ६ जना, नोर्डन टेरिटोरिमा ८ जना र अस्ट्रेलियन क्यापिटल टेरिटोरिमा २ जना गरि जम्मा ३४६ जना नेपाली सेल्फ आइसोलेशनमा रहेको र शनिबार साझ ६ बजे सम्म ४१३ जनाले फारम भरेको अध्यक्ष कंडेलले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!