शनिबार, चैत्र १५, २०७६ || 698  पटक पढिएको

जिल्लाको शहिद लखन गाउँपालिकामा विदेशबाट फर्किएका ३७ जनालार्ई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड—१९० को सम्भावित सङ्क्रमण रोक्न गाउँपालिकाले वडा कार्यालयमार्फत विदेशबाट आएका सबैको तथ्याङक सङ्कलन गरी उनीहरुलाई सेल्फ क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिनुभयो । गाउँपालिकामा विदेशबाट फकिएकामध्ये अधिकांश भारतबाट आएका रहेका छन् । “कोरोना भाइरस फैलिएको देशबाट आएकाहरुबाट कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने उच्च जोखिम हुने भएकाले उहाँहरुको तथ्याङ्क सङ्कलनको गरी सबैलाई घरमा सेल्फ क्वारेन्टाइनमा राखिएको छ”, उहाँले भन्नुभयो । यस पालिकाभित्र विदेशबाट आएका ३७ मध्ये धेरैजसो २० दिनभन्दा बढी भइसकेको बताइएको छ । गाउँपालिकाले गएको एक महिनाभित्र विदेशबाट आएका सबैको तथ्याङक सङ्कलन गरेको उहाँले बताउनुभयो । केही व्यक्ति भारतबाहेक मलेसिया, साउदी अरव, फ्रान्स, न्युजिल्याण्डलगायतका देशबाट फर्किएका छन्”, अध्यक्ष थापामगरले भन्नुभयो, “उहाँहरुलाई परिवार समेत सुरक्षित हुने गरि बस्न भनेका छौँ ।” स्वास्थ्यमा समस्या आएमा तत्काल स्वास्थ्यकर्मीलाई खबर गर्न समेत आग्रह गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!