शनिबार, चैत्र १५, २०७६ || 571  पटक पढिएको

अमेरिकाको न्युयोर्कबाट आएका व्यक्तिलाइ विभिन्न राज्यमा हिडडुल गर्न प्रतिवन्ध लगाइएको छ । अमेरिकाको टेक्सास, फ्लोरिडा, मेरिल्याण्ड र साउथ क्यार्रोलिना राज्यमा यस्तो व्यवस्था गरिएको हो । ती राज्यहरुले न्युयोर्कबाट आएकालाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्न पनि आग्रह गरिएको छ । अमेरिकामा कोरोना भाइरसको केन्द्र जस्तै बनेको न्युयोर्कसंगै न्युर्जसी र संगै जोडीएका अन्य ठाउबाट आएकालाई पनि घरमै बस्न आग्रह गरिएको अधिकारीहरुले बताएका छन । यसरी हिडडुल गर्न प्रतिवन्ध लगाउने राज्य सरकारको निर्णयलाई कतिपयले भने सविधान विपरीत भएको टिप्पणी गरेका छन । कोरोना भाइरसको सङ्क्रमण फैलिएका देशमा लकडाउन घोषणा गरिएपनि अमेरिकाले भने लकडाउनको निर्णय नगरेको तर केही राज्यले सेल्फक्वारेन्टाइनमा बस्न लगाउने व्यवस्था गरिएको छ । क्वारेन्टाइनमा बसेकाहरुको रेखदेख र विवरण संकलन सरकारी अधिकारीहरुले गरिरहेको प्रहरीले जनाएको छ । उनीहरुको अनुसार कतिपय यात्रुहरुले स्वघोषणा गरेर सेल्फक्वारेन्टाइनमा बसेका छन भने,कतिपयलाई आग्रह गर्नुपरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!