शनिबार, चैत्र १५, २०७६ || 566  पटक पढिएको

पश्चिम नवलपरासीका विभिन्न स्थानीय तहमा स्थापना भएका क्वारेन्टाइनमा पछिल्लो पटक शंकास्पद व्यक्ति बस्न थालेका छन् । कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोखिन जिल्लाका सबै स्थानीय तहमा क्वारेन्टाइन बनाइए पनि आवश्यकताका आधारमा क्वारेन्टाइनमा शंकास्पद व्यक्ति बस्न थालेका हुन् । सुनवल नगरपालिका तथा युक्ति प्रहरी तालीम महाविद्यालयको संयुक्त प्रयासमा सुनवल —ं ११ को जर्गाहमा स्थापना गरिएको १०० शय्याको क्वारेन्टाइनमामा १५ शंकास्पद व्यक्ति बसेका छन् । क्वारेन्टाइनमा आएकामध्ये यस अगावै थप उपचारका लागि एक जनालाई प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । अहिले क्वारेन्टाइनमा भारत र अन्य मुलकबाट आएका १५ व्यक्ति रहेको सुनवल नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । यसैगरी बर्दघाटको चौपत्तामा रहेको शहीद स्मृति सामुदायिक अस्पतालमा चार आइसोलेशन वार्ड स्थापना स्थापना गरिएको छ । बर्दघाटमै दिव्यज्योति बहुमुखी क्याम्पसमा १५ शय्या र बाल्मीकि माविमा १० शय्याको क्वारेन्टाइन बनाइएको छ । दिव्यज्योति बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा चार व्यक्ति बसेका छन् । तीमध्ये एक जना कतार र तीन जना भारतबाट आएका हुन् । सुस्ता गाउंँपालिका पक्लिहवास्थित स्वास्थ्यचौकीमा १० शय्याको र सुस्ता १ स्थित युनाइटेड एकेडमीमा १८ शय्याको क्वारेन्टाइन बनाइएको छ । दुवै स्थानमा गरी हाल सात व्यक्ति क्वारेन्टाइनमा छन् । प्रतापपुर गाउंँपालिकाको त्रिभुवन क्याम्पस बेलाटारीमा २० शय्या र बाल्मीकि सहकारी गोपीगञ्जमा तीन शय्याको क्वारेन्टाइन बनाइएको छ । त्रिभुवन क्याम्पसको क्वारेन्टाइनमा सात जना र छन् । उनीहरु भारतबाट आएको बताइएको छ । पाल्हीनन्दन स्वास्थ्य केन्द्रमा स्थापना गरिएको १० शय्याको क्वारेन्टाइनमा अहिले ६ जना छन् । तीमध्ये तीन जना भारतबाट र अन्य तीन जना तेसो मुलुकबाट आएका व्यक्ति छन् । रामग्राम नगरपालिका परासीमा रहेको जिल्ला पृथ्वीचन्द्र अस्पतालमा चार शय्याको आइसोलेशन बेड सहित उपचार कक्षको व्यवस्थापन गरिएको छ भने आदर्श माध्यमिक विद्यालयमा ५० .शय्याको क्वारेन्टाइन स्थापना गरिएको छ । यता सरावल गाउंँपालिका ७ मा रहेको भुजहवा सेल्टर भवनमा १० शय्याको क्वारेन्टाइन बनाइएको छ भने सरावल १ स्थित वसन्त माविको भवनमा पनि पाँच शय्याको क्वारेन्टाइन बनाइएको छ । जिल्लाका सबै स्थानीय तहले सम्भावित संक्रमणबाट जोगिन हेल्थ डेस्क स्थापना र क्वारेन्टाइन निर्माण गरेका छन् । क्वारेन्टाइन बन्यो सामुदायिक प्राकृतिक चिकित्सालय पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा अवस्थित सामुदायिक प्राकृतिक चिकित्सालयमा चार सय जना अट्ने लक्ष्यसहितको क्वारेनटाइन स्थापना गरिएको छ । चिकित्सालयका व्यवस्थापक हरि सापकोटाका अनुसार क्वारेन्टाइन स्थापना भई हाल १५ शंकास्पद व्यक्ति बस्न थालेका छन् । नगरपालिकाले १७ वटै वडामा क्वारेन्टाइन बनाउने योजनानुसार विद्यालयका सट्टा चिकित्सालय प्रयोगमा जोड दिएको छ । त्यसमा एक सयभन्दा बढी कोठा रहेको र चार सयभन्दा बढी व्यक्ति अट्ने क्षमता रहेको सापकोटाको भनाइ छ । नेपाल भित्रिने नेपाली र गैरनेपालीलाई १४ दिनसम्म त्यहाँ राखिनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!