विदेशबाट फर्किएका ओखलढुंगाका चार युवालाई क्वारेन्टाईनमा राखिएको छ । तीमध्ये एकजना नेपालमा कोरोना सक्रमित पुष्टि भएका तेस्रो ब्यक्तिसँगै नेपाल आएका युवा समेत रहेको पाइएको छ । गत चैत्र ६ गते युनाइटेड अरब इमिरेट्स (यूएई)बाट एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ विमानमार्फत नेपाल आएका धादिङका एक युवकलाई यसअघि कोभिड–१९ पोजेटिभ भएको पुष्टि भैसकेको छ । सोही विमानमा उनीसँगै ओखलढुङ्गा आएका मोलुङ गाउँपालिकाका ती युवकलाई गाउँपालिकाले शुक्रबार बिहानबाट क्वारेन्टाईनमा राखेको सोही गाउँपालिका १ का वडावडाध्यक्ष प्रदीपकुमार बानियाँले बताए ।

ती युवकको कागजपत्र हेर्दा उनी चढेको विमान र कोरोना संक्रमिण पुष्टि भएको धादिङका युवा चढेको विमानको नम्बर एउटै छ । उनी भिजिट भिसामा २ महिनाअघि यूएई पुगेर गत चैत्र ६ गते मात्रै नेपाल फर्किएका हुन् । काठमाडौंबाट गत आईतबार मात्रै ओखलढुङ्गा आइपुगेका उनी त्यसयता परिवारसँगै बस्दै आएका थिए । उनलाई हाल गाउँपालिकास्थित रामपुरको सहिद आर्दश क्यापसको क्वारेन्टाईनमा राखिएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बेदहरी दाहालका अनुसार अहिले ती युवकको अवस्था सामान्य छ । उनीसँगै सोही स्थानको क्वारेन्टाईनमा कतार तथा यूएइबाटै फर्किएका दुई युवकलाई समेत राखिएको छ ।

उनीहरु सबैको अवस्था सामान्य रहेको स्वास्थ्य शाखा प्रमुख दाहालले बताए । उनका परिवारलाई समेत होम क्वारेन्टाईनमा राखिएको बताइएको छ । यसअघि बिहिबार मात्रै कतारबाट फर्किएका एक युवकलाई जिल्ला अस्पताल रुम्जाटारको क्वारेन्टाइनमा राखिएको छ । यसअघि नेपालमा फेला परेका दोस्रो संक्रमित युवतीसँग नेपाल आएका ओखलढुंगाको खिजीदेम्वा गाउँपालिकाका दुई युवालाई काठमाडौंमा क्वारेन्टाइनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!