हिपमत डटकम

सोमबार, मंसिर १७, २०८१ || 4281  पटक पढिएको

मोरङको ग्रामथान गाँउपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार नमोनारायण माझी निर्वाचित भएका छन् । मंसिर १६ गते भएको उपनिर्वाचनमा माझीले ६ हजार ९ सय ६९ मत ल्याई नेपाली कांग्रेसका बलराम सरदारलाई १ हजार ६ सय ३६ मतले पराजित गरे ।

बलराम सरदारले ५ हजार ३ सय ३३ मत प्राप्त गरेका नछ् । नेकपा (एमाले)का उम्मेदवार तुलसीराम विश्वासले ४ हजार १ सय ५९ मत प्राप्त गरे । २०७९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका जयप्रकाश गच्छेदार ग्रामथान गाँउपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए भने २०७४ सालको स्थानीय निर्वाचनमा एमालेका शिव नारायण माझी विजयी भएका थिए ।

कुल २६ हजार ४४ मतदाता रहेको ग्रामथान गाँउपालिकामा उपनिर्वाचनमा ७१ प्रतिशत अर्थात १८ हजार ५ सय ७७ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!