शुक्रबार, चैत्र १४, २०७६ || 677  पटक पढिएको

भोजपुर नगरपालिकाले लकडाउनका बेला दिनभरि मजदुरी गरेर बेलुका छाक टार्ने समस्यामा परेका ३२५ मजदुर परिवारलाई खाद्यन्न वितरण गरेको छ । मजदुरलाई प्रति परिवार एक बोरा चामल, एक पोका तेल, एक केजी नुन र एक केजी दाल वितरण गरिएको हो । षडानन्द नगरपालिकाले भने प्रत्येक घरमा एक साबुन र जनचेतनामूलक सामग्री वितरण गरेको छ । एक सय श्ययाको क्वारेन्टाइन कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै भोजपुरमा १०० श्यया क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । भोजपुर नगरपालिका वडा नं १२ मा रहेको पर्यटन सूचना केन्द्रमा ४० र भोजपुर नगरपालिका–६ देउरालीमा रहेको सुम्निमा पोलिटेक्निक इन्स्टिच्युटको क्वाटरमा ६०१ श्यया क्षमताको क्वारेन्टाइन निर्माण गरिएको हो । भोजपुर नगरपालिकाको आर्थिक सहयोग र नेपाली सेना फष्ट रैफल गण भोजपुरको पहलमा तत्कालका लागि १०० क्षमताको क्वारेन्टाइन निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिनुभयो । क्वारेन्टाइनस्थलमा विद्युत्, खानेपानीलगायतका उपकरण जडान भइसकेको छ । जिल्लामा कोरोनाबाट बच्न उच्च सतर्कता अपनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!