शुक्रबार, चैत्र १४, २०७६ || 676  पटक पढिएको

कोभिड–१९को सङ्क्रमण रोकथामका लागि बाँकेका स्थानीय तहले गाउँगाउँमा क्वारेन्टाइन तयार गरेका छन् । स्थानीय तहले सामुदायिक विद्यालयलाई अस्थायी क्वारेन्टाइनका रुपमा तयार गरेर कोरोना भाइरसविरुद्धको पूर्वतयारी र सजगता अपनाएका छन् । बैजनाथ गाउँपालिकाले आठवटै वडामा क्वारेन्टाइनका रुपमा विद्यालयलाई प्रयोग गर्ने गरी तयारी गरिएको अध्यक्ष मानबहादुर रुचालले बताउनुभयो । कोरोना भाइरसको सङ्क्रमणको पूर्वतयारीस्वरुप क्वारेन्टाइनका लागि गाउँपालिकाको वडा नं १ देखि ८ मा रहेका विद्यालय प्रयोग गर्ने गरी तयार गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार, कोरोना भाइरस सङ्क्रमित शङ्कास्पद बिरामी आएमा तत्काल क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न वडा नं १ को सूर्योदय मावि चिसापानी, २ को जनता आदर्श मावि डिगिया, ३ को सरस्वती मावि बैरहवा र ४ को बिपी मेमोरियल मावि बानियाभारलाई प्रयोग गरिनेछ । त्यसैगरी वडा नं ५ को प्रभात मावि जीगाउँ, ६ को आधारभूत मावि सम्झना, ७ को नेरा मावि पेडारी र वडा नं ८ को स्वास्थ्य चौकी टिटिहिरियामा क्वारेन्टाइन तयार गरिएको गाउँपालिका अध्यक्ष रुचालले जानकारी दिनुभयो । खजुरा गाउँपालिकाले बजारक्षेत्रमा ज्ञानोदय मावि, सीतापुर र राधापुर क्षेत्रलाई समेट्ने गरी मैटहवा माविमा क्वारेन्टाइन तयार गरिएको अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो । नरैनापुर गाउँपालिकाले वडा नं ४ खोदवाँस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई क्वारेन्टाइन केन्द्र बनाउने निर्णय गरिएको अध्यक्ष इश्तियाक अहमद साहले बताउनुभयो । अहिलेलाई १० श्ययाको क्वारेन्टाइन बनाउने तयारी गरिएको जानकारी दिँदै आवश्यकतानुसार अन्य स्थानमा पनि क्वारेन्टाइन बनाउन सकिने उहाँले बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिकाले महेन्द्र बहुमुखी क्याम्पसमा क्वारेन्टाइन सञ्चालन गरी शङ्कास्पद बिरामीसमेत राख्न शुरू गरिसकेको छ । कोभिड–१९ सङ्क्रमित किशोरीसँगै हवाईयात्रा गरेका बाँकेका तीनसहित विदेशबाट फर्किएका पाँच गरी आठ जनालाई उक्त क्वारेन्टाइनमा राखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!