आयरल्यान्डको डुब्लिनस्थित घरमा ओइसोलेसनमा बसिरहेका छोरा नाथानले गोलकिपिङ अभ्यास गरिरहेको भिडियो आमा तथा पत्रकार सराह ज्यले टोबिनले पोस्ट गरिन् । त्यसयता यो भिडियो भाइरल बनेको छ ।

यी बालक आफ्नो घरपछाडिको गार्डेनमा एक्लै फुटबल खेलिरहेका छन् । उनी भित्तामा बल हान्छन् र त्यसलाई रोक्ने प्रयास गर्छन् । ‘जब तिमी गोलकिपर छौ… र एक्लो सन्तान हौ….सेल्फ आइसोलेसनमा छौ.. र आफ्नो अभ्यासमा लागिरहेका छौ… उसले आफै यस्तो ग¥यो । म निकै प्रभावित छु,’ आफ्ना छोराको प्रसंशामा यी पत्रकारले भनेकी छिन् ।

उनले ह्यासट्याग ‘स्टे होम स्टे सेफ’ पनि लेखेकी छिन् । यस भिडियोलाई ६७ लाखपटक हेरिसकिएका छन् र विश्व फुटबलका ठूला स्टार डेभिड डि जिया, पिटर स्माइकल, जुवान माटा ग्रासियालगायतले रि–ट्वीट गरेका छन् ।

‘कसैले सक्दैन,कोभिड–१९ जत्तिको सैतान भाइरसले पनि क्षमतावा्न गोलकिपरलाई राम्रो हुनबाट रोक्न सक्दैन,’ पिटर स्माइकलले लेखेका छन्,‘ वेल डन योङ्ग म्यान ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!