काठमाडौं । विराटनगरबाट फर्किएपछि कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई डेंगु संक्रमण भएको पुष्टि भएको छ।

उहाँ गत पाँच दिनदेखि डेंगुबाट प्रभावित हुनुहुन्छ र अहिले भैंसेपाटीस्थित मन्त्री क्वाटरमा आराम गरिरहनु भएको छ। विराटनगरको कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई डेंगु संक्रमण भएको पुष्टि भएको छ। कार्यक्रममा सहभागी भएपछि उहाँ अस्वस्थ भएको र पूर्व निर्धारित सबै कार्यक्रम स्थगित गरेर आराम गरिरहेको बताउनु भएको छ।

मन्त्री अधिकारीले भने, “म अहिले निकै अस्वस्थ छु। ज्वरो आएर जिउ नै गलिरहेको छ। मैले दाङ जानुको लागि तय गरिएको कार्यक्रम पनि स्थगित गरेको छु। प्रधानमन्त्रीको विदाईका लागि एकचोटि जान्छु कि भनेर सोचिरहेको छु।”

उहाँ विराटनगरबाट फर्किएपछि डेंगु संक्रमणको शिकार बनेका हुन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!