हिपमत डटकम

सोमबार, भाद्र ३१, २०८१ || 5836  पटक पढिएको

काठमाडौँ। सहकारी बचत अपचलन छानबिन गर्न बनेको समितिले गोरखा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख ४ हजार ५३८ रुपैयाँको सहकारी रकम अपचलन भएको रिपोर्ट प्रस्तुत गरेको छ।

संसद्मा आज पेश गरिएको प्रतिवेदन अनुसार, सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि., सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि., सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लि., स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि., र सानो पाइला बचत तथा ऋण सहकारी संस्था लि. बाट उक्त रकम गोरखा मिडिया नेटवर्कमा गएको देखाइएको छ।

 

प्रतिवेदनमा भनिएको छ, “कतिपय ले कम्पनीलाई सापटीका रूपमा, कतिपय ले ऋणका रूपमा, र कतिपय ले सञ्चालकका नाममा ऋण खडा गरी रकम प्रवाह गरिएको देखियो।”

समितिका अनुसार, यी कारोबारहरू कानूनी रूपले असंलग्न देखिएका छन्। गोरखा मिडिया नेटवर्क अन्तर्गत ग्यालेक्सी फोर के टेलिभिजन सञ्चालित थियो, जसको सञ्चालक जीवी राई र प्रबन्ध निर्देशक रवि लामिछाने थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!