बिहिबार, चैत्र १३, २०७६ || 719  पटक पढिएको

आज मार्च २६ । सन् १९५३ मा अमेरिकी मेडिकल अनुसन्धानकर्ता डाक्टर जोनस साल्कले आजकै दिन नेशनल रेडियो शोमार्फत पोलियोमाइलाइटिसविरुद्धको भ्याक्सिन सफलतापूर्वक परीक्षण भएको घोषणा गरे । यस भाइसका कारण सिर्जित पोलियो रोगले सन् १९५२ मा महामारीको रुप लिएको थियो, यस वर्ष अमेरिकामा ५८ हजार नयाँ व्यक्तिमा पोलियो देखिएको थियो र त्यसमध्ये ३ हजारको मृत्यु यही रोगका कारण भएको थियो । यस रोगलाई ‘बच्चाको प्यारालाइसिस’ पनि भनिन्छ किनकी यसले बालबालिकालाई धेरै सताउँछ ।

न्युयोर्क शहरमा १९१४ मा जन्मिएका साल्कले १९३० मा मेडिकल विद्यार्थी छँदा न्युयोर्क विश्वविद्यालयमा पहिलोपटक भाइरसबारे अध्ययन गरेका थिए र दोस्रो विश्वयुद्धताका उनले फ्लु भ्याक्सिन विकास गर्नका लागि सहयोग गरेका थिए । उनी १९४७ मा पिट्सवर्ग विश्वविद्यालयमा अनुसन्धान ल्याबरेटोरीका प्रमुख बने र १९४८ मा उनलाई पोलिया भाइरसबारे अध्ययन गरेर संभावित भ्याक्सिन पत्ता लगाउन बजेट दिइएको थियो । १९५० मै उनले पोलियो भ्याक्सिनको प्रारम्भिक भर्सन तयार गरिसकेका थिए ।

पोलियोले मानिसमा ठूलो क्षति निम्त्याएको थियो र स्नायु प्रणालीमा आक्रमण गर्दैै विभिन्न खाले पक्षघात निम्त्याएको थियो । यो भाइरस चाँडै फैलने भएकाले २० औँ शताब्दीका सुरुवाती दशक महामारीको रुप लिएको थियो । १८९४ मा पहिलोपटक अमेरिकाको भेर्मन्टमा पहिलो मुख्य पोलियो महामारी देखिएको थियो र त्यसयता हरेक वर्ष हजारौँमा समस्या देखियो । बालबालिकामा धेरै प्रभाव देखिने भएपनि यसबाट वयस्क र वृद्धवृद्धा समेत समस्या परे ।

अमेरिकाका भावी राष्ट्रपति फ्रयाङ्कलिन डि रोसभेल्टमा पनि १९२१ मा ३९ वर्षको उमेरमा पोलियो देखिएको थियो र उनको शरीरको देब्रे भाग केही हदसम्म प्यारालाइसिस भयो । रुसभेल्ट आफ्नो जीवनकालमा पोलियोविरुद्धको अनुसन्धान र पोलियो बिरामीहरुका लागि उपचारको व्यवस्था गर्न आवश्यक रकम उठाउने काममा समेत सक्रिय भए ।

इजरायल र इजिप्टबीच शान्ति सम्झौता

१९७९ मा आजकै दिन अमेरिकाको ह्वाइट हाउसमा इजिप्टका राष्ट्रपति अन्वर इल सादत र इजरायली प्रधानमन्त्री मिनाचेम बिजिनले ऐतिहासिक शान्ति सम्झौता गरे । यससँगै इजिप्ट र इजरायलबीचको तीन दशक लामो दुश्मनी समाप्त भयो र दुई देशबीच व्यापारीक तथा कुटनीतिज्ञ सम्बन्ध स्थापित गर्ने ढोका खुल्यो ।

यस उपलब्धिका लागि सदात र बिजिनलाई १९७८ मा संयुक्त रुपमा नोबल शान्ति पुरस्कार दिइयो । शान्तिका लागि सदातले गरेको प्रयासको अरब विश्वले प्रशंसा गरे पनि इजिप्टलाई अरब लिगबाट हटाइयो र १९८१ मा मुस्लिम अतिवादीहरुले कायरोमा सदातको हत्या गरे । तर शान्ति प्रक्रिया रोकिएन, १९८२ मा औपचारिक रुपमै इजिप्टले इजरायलसँग कुटनीतिक सम्बन्ध बनायो ।

 

वासिङ्टनमा युद्धविरोधी प्रदर्शन

१९६९ मा वासिङटन डिसीमा ‘वुमन स्ट्राइक फर पिस’ नामक समुहले प्रदर्शन ग¥यो । जनवरीमा रिचार्ड निक्सनले राष्ट्रपतिको सपथ लिएयता उनको प्रशासनले सामना गरेको यो सबैभन्दा ठूलो प्रदर्शन थियो । युद्धविरोधी यस्तो अभियानले प्रारम्भिक रुपमा निक्सनलाई आफ्नो चुनावी नारा पूरा गर्न सहज बनाएको थियो, उनले भियतनाम युद्ध अन्त्य गर्ने वाचासहित चुनाव जितेका थिए । तर, यो स्पष्ट हुँदै गयो कि निक्सनसँग छिटो समाधान छैन । युद्ध लम्बिदै जाँदा युद्धविरोधीहरु राष्ट्रपति निक्सन र उनको कार्यशैलीविरुद्ध खनिए ।

इतिहासमा आज : पोलियो भ्याक्सिन सफल परीक्षणको घोषणा

आज मार्च २६ । सन् १९५३ मा अमेरिकी मेडिकल अनुसन्धानकर्ता डाक्टर जोनस साल्कले आजकै दिन नेशनल रेडियो शोमार्फत पोलियोमाइलाइटिसविरुद्धको भ्याक्सिन सफलतापूर्वक परीक्षण भएको घोषणा गरे । यस भाइसका कारण सिर्जित पोलियो रोगले सन् १९५२ मा महामारीको रुप लिएको थियो, यस वर्ष अमेरिकामा ५८ हजार नयाँ व्यक्तिमा पोलियो देखिएको थियो र त्यसमध्ये ३ हजारको मृत्यु यही रोगका कारण भएको थियो । यस रोगलाई ‘बच्चाको प्यारालाइसिस’ पनि भनिन्छ किनकी यसले बालबालिकालाई धेरै सताउँछ ।

न्युयोर्क शहरमा १९१४ मा जन्मिएका साल्कले १९३० मा मेडिकल विद्यार्थी छँदा न्युयोर्क विश्वविद्यालयमा पहिलोपटक भाइरसबारे अध्ययन गरेका थिए र दोस्रो विश्वयुद्धताका उनले फ्लु भ्याक्सिन विकास गर्नका लागि सहयोग गरेका थिए । उनी १९४७ मा पिट्सवर्ग विश्वविद्यालयमा अनुसन्धान ल्याबरेटोरीका प्रमुख बने र १९४८ मा उनलाई पोलिया भाइरसबारे अध्ययन गरेर संभावित भ्याक्सिन पत्ता लगाउन बजेट दिइएको थियो । १९५० मै उनले पोलियो भ्याक्सिनको प्रारम्भिक भर्सन तयार गरिसकेका थिए ।

पोलियोले मानिसमा ठूलो क्षति निम्त्याएको थियो र स्नायु प्रणालीमा आक्रमण गर्दैै विभिन्न खाले पक्षघात निम्त्याएको थियो । यो भाइरस चाँडै फैलने भएकाले २० औँ शताब्दीका सुरुवाती दशक महामारीको रुप लिएको थियो । १८९४ मा पहिलोपटक अमेरिकाको भेर्मन्टमा पहिलो मुख्य पोलियो महामारी देखिएको थियो र त्यसयता हरेक वर्ष हजारौँमा समस्या देखियो । बालबालिकामा धेरै प्रभाव देखिने भएपनि यसबाट वयस्क र वृद्धवृद्धा समेत समस्या परे ।

अमेरिकाका भावी राष्ट्रपति फ्रयाङ्कलिन डि रोसभेल्टमा पनि १९२१ मा ३९ वर्षको उमेरमा पोलियो देखिएको थियो र उनको शरीरको देब्रे भाग केही हदसम्म प्यारालाइसिस भयो । रुसभेल्ट आफ्नो जीवनकालमा पोलियोविरुद्धको अनुसन्धान र पोलियो बिरामीहरुका लागि उपचारको व्यवस्था गर्न आवश्यक रकम उठाउने काममा समेत सक्रिय भए ।

इजरायल र इजिप्टबीच शान्ति सम्झौता

१९७९ मा आजकै दिन अमेरिकाको ह्वाइट हाउसमा इजिप्टका राष्ट्रपति अन्वर इल सादत र इजरायली प्रधानमन्त्री मिनाचेम बिजिनले ऐतिहासिक शान्ति सम्झौता गरे । यससँगै इजिप्ट र इजरायलबीचको तीन दशक लामो दुश्मनी समाप्त भयो र दुई देशबीच व्यापारीक तथा कुटनीतिज्ञ सम्बन्ध स्थापित गर्ने ढोका खुल्योे ।

यस उपलब्धिका लागि सदात र बिजिनलाई १९७८ मा संयुक्त रुपमा नोबल शान्ति पुरस्कार दिइयो । शान्तिका लागि सदातले गरेको प्रयासको अरब विश्वले प्रशंसा गरे पनि इजिप्टलाई अरब लिगबाट हटाइयो र १९८१ मा मुस्लिम अतिवादीहरुले कायरोमा सदातको हत्या गरे । तर शान्ति प्रक्रिया रोकिएन, १९८२ मा औपचारिक रुपमै इजिप्टले इजरायलसँग कुटनीतिक सम्बन्ध बनायो । एजेन्सी

 

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!