काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टी पुनर्गठनको घोषणा गरेका छन्। अध्यक्ष माधवकुमार नेपालको कारण संगठन कमजोर र विभाजित भएको आरोप लगाउँदै उनले नयाँ राजनीतिक यात्राको सुरुवात गर्ने घोषणा गरेका हुन्।

आज काठमाडौंमा आयोजित कार्यक्रममा खनालले सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई अन्य कुनै दलमा प्रवेश नगरी स्वाभिमानका साथ पार्टी पुनर्गठन अभियानमा सहभागी हुन आह्वान गरे।
उनले भने, “कोही पनि साथीले आत्तिनु पर्दैन, कतै गएर विलय वा प्रवेश गर्नुपर्ने आवश्यकता छैन। स्वाभिमानका साथ ठिङ्ग उभिएर नयाँ पार्टी पुनर्गठनको अभियानमा लागौँ।”

इतिहासमा मालेबाट एमाले बनेको प्रसङ्ग स्मरण गर्दै खनालले अहिलेको पुनर्गठन अभियानलाई एकीकृत समाजवादीको ‘क्रान्तिकारी धार’ पुनर्जीवित गर्ने प्रयासका रूपमा व्याख्या गरे। उनका अनुसार नयाँ पार्टी नयाँ नीति, सिद्धान्त र कार्यदिशा सहित अघि बढ्नेछ।

खनालले भने, “हाम्रो लक्ष्य सुन्दर, स्वतन्त्र र समृद्ध नेपाल निर्माण गर्नु हो, जहाँ वर्ग, जातीय, भाषिक र धार्मिक भेद नहोस्। त्यो सपना साकार पार्न नयाँ पार्टी आवश्यक छ।”

नेकपा (एकीकृत समाजवादी) विभाजनपछि खनालले पहिलोपटक औपचारिक रूपमा पुनर्गठनको घोषणा गर्दै नयाँ जनमुखी र स्वाधीन पार्टी निर्माण गर्ने संकल्प सार्वजनिक गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!