कृष्णा प्रसाद कुशवाहा

शनिबार, भाद्र २२, २०८१ || 8211  पटक पढिएको

काठमाडौं। २१औं निजामती सेवा दिवस २०५१ को अवसरमा आयोजित मूल समारोह कार्यक्रम आज विशेष रूपले मनाइयो। कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति थियो भने नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले अध्यक्षता गर्नुभयो।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री राजकुमार गुप्ताले महत्वपूर्ण सम्बोधन गर्दै निजामती कर्मचारीहरूको योगदानको उच्च प्रशंसा गरे। उनले सीमित स्रोत र साधनका बाबजुद राष्ट्रको सेवामा अहोरात्र खटिरहेका निजामती कर्मचारीहरूको मनोबल उच्च राख्न र उत्प्रेरित गर्न सरकारले निरन्तर प्रयास गरिरहेको बताए।

गुप्ताले संघीय निजामती सेवा ऐन छिट्टै संसदमा पारित गर्ने प्रतिबद्धता जनाउँदै, यो ऐनले कर्मचारीतन्त्रमा देखिएका अस्पष्टता र अन्यौलताहरू हटाउने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। उनले प्रविधिमैत्री सेवा प्रवाहमा जोड दिनुपर्ने आवश्यकता औंल्याउँदै, निजामती सेवा सुधारका लागि मन्त्रालयले विभिन्न कानुनी प्रक्रिया अघि बढाइरहेको जानकारी दिए।

कार्यक्रममा गुप्ताले स्थानीय सरकारका प्रमुख प्रशासकीय अधिकृत पद रिक्त रहेका स्थानीय तहहरूमा कर्मचारी खटाउने व्यवस्था गर्न लागिएको र यसले सेवा प्रवाहमा सुधार ल्याउने बताउनुभयो। साथै, उनले निजामती कर्मचारीहरूको क्षमता विकासमार्फत सुशासन र संघीयता कार्यान्वयनमा थप योगदान दिन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

समारोहमा पुरस्कृत कर्मचारीहरूलाई बधाई दिँदै, गुप्ताले सम्पूर्ण राष्ट्रसेवक निजामती कर्मचारीहरूलाई निरन्तर सेवा प्रवाहमा योगदान दिन आह्वान गरे।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!