मोरङको पथरीशनिश्चरे – ६ गेलावारी घरभई काठमाडौंंमा व्यवसाय गर्दै आएका युवा नेता तथा समाजसेवी विनोद कार्कीले हसन्दहस्थित अस्थाई प्रहरी चौकिलाई एकथान ईन्भर्टर सेट प्रदान गरेका छन् ।
शनिबार प्रहरी चौकी परिसरमा आयोजित एक कार्यक्रममा दाता कार्किको तर्फबाट स्थानिय समाजसेवी सुर्यबहादुर थापाले ईभर्टर सेट प्रदान गरेका हुन ।
ईन्भर्टर नहुँदा विद्युत आपूर्ति नभएको बेला प्रहरी चौकि पुरै अँध्यारो हुने गरेको सुनेपछि गएको निर्वाचनमा काङ्ग्रेसबाट मोरङ प्रदेश ‘ख’ मा प्रदेशसभाको उम्मेदवार बनेका कार्किले ईन्भर्टर र ब्याट्री प्रदान गरेका हुन ।
सामाग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाको वडा नं ६ का अध्यक्ष कृष्ण कुमार बस्नेत , स्थानीय समाजसेवीहरु बद्री कुमार निरौला , जोग बहादुर धिमाल , कमल बुढाथोकी , नन्दु थापा , रमेश कार्की , ईश्वर भट्टराई , कमल बुढाथोकी , केशव बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।
लामो समय बिजुली गएको बेला अँध्यारोमा बस्नुपर्ने बाध्यता हट्ने भएपछि अस्थाई प्रहरी चौकी हसन्दहका प्रमुख प्रहरी सहायक निरिक्षक बालकृष्ण निरौलाले खुशी व्यक्त गरेका छन्