काठमाडौं, १९ भदौ — नेकपा (माओवादी केन्द्र) का नेता र वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले नोट र भोटका शिकारीहरुले देशको विकासलाई अवरोध पुर्याएको टिप्पणी गरेका छन्। आज (बुधबार) रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनले सरकारी कार्यालयहरूमा व्यापक भ्रष्टाचार भइरहेको दाबी गरे।

नेता रामनारायण बिडारीले कर्मचारी र नेताहरूलाई क्रमशः नोट र भोटका शिकारीको संज्ञा दिँदै सरकारी कार्यालयहरूमा भ्रष्टाचार फैलिएको दाबी गरे। उनले मालपोत, यातायात, भूमि सुधार र सडक कार्यालयका कर्मचारीहरू पैसाबिना काम नगर्ने र नेताहरूलाई झुठ बोल्ने, अपराध गर्ने र तस्करी गर्न आरोप लगाए।

नेता बिडारीले कर्मचारी र नेताहरुलाई नोट र भोटका शिकारीको संज्ञा दिए। उनका अनुसार, मालपोत, यातायात, भूमि सुधार, र सडकजस्ता कार्यालयका कर्मचारीहरूले पैसा बिना काम नगर्ने गर्छन्। यसैगरी, नेताहरूले भोटका लागि झुठ बोल्ने, अपराध गर्ने, तस्करी गर्ने, सुन बेच्ने, र नागरिकलाई नक्कली शरणार्थी बनाउने जस्ता कार्य गर्दै आएको आरोप लगाए।

नेता बिडारीले भने, “अहिले प्रत्येक सरकारी कार्यालयमा भ्रष्टाचार व्याप्त छ। यातायात कार्यालयमा घुस खाएर नक्कली लाइसेन्स दिइन्छ। मालपोत, भूमि सुधार, र सडक कार्यालयमा पैसा बिना काम हुँदैन। कर्मचारीहरू नोटको लागि बिकेका छन्, जबकि नेताहरू भोटमात्र हेर्छन्। झुठ बोलेर, अपराध गरेर, तस्करी गरेर, सुन बेचेर, वा नक्कली शरणार्थी बनाएर भोटको लागी काम गरिन्छ। यसरी नोट र भोटका शिकारीहरूले गर्दा देश विकास हुन सकेको छैन।”

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!