कोरोनाको कहर दिनप्रतिदिन बढ्दै गएपछि यसलाई रोकथाम गर्न तथा कोरोनाबाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सुनबर्शी नगरपालिकाले ५० बेडको क्वारेन्टाइन निर्माण गर्ने भएको छ । सुनबर्शी नगरपालिका -९ स्थित आदर्श मा बी तथा सुनबर्शी नगरपालिका -२ बिरेन्द्रसार्वजानिक मा बी गरि यी दुई बिधालयमा २५/२५ बेडको क्वारेन्टाइन बनाउन लागिएको सुनबर्शी नगरपालिकाका प्रमुख कालिप्रसाद दासले बताउनु भयो।

 

सुनबर्शी नगरपालिका भारतको सिमासंग जिमा जोडिएको नगरपालिका हो। भारतबाट आउने ब्यक्तिहरुबाट कोहोराको कहर बढ्न सक्ने भन्दै नगरपालिकाका प्रमुख कालिप्रसाद दास नियमित रुपमा दिनरात खटिरहनु भएको छ। भारतको सिमासंज जोडिएको सिक्टी नाका पुर्ण रुपमा सिल गरिएको छ भने यस नगरपालिकाको नागरिकहरुकोलागी २४ घन्टा नै एम्बुलेन्स तयारी अवस्थामा नगरपालिकाले राखेको छ।।त्यस्तै नगरपालिकाले नगर्वासिहरुको सहयोगकोलागि २ वटा फोन नम्बर सार्वजनिक गरेको छ। नगरबासिहरुलाई कोरोना विशेष कुनै जानकारी लिनिदिनु परे नगरप्रमुख कालिप्रसाद दास-९८४२०४४१६५ त्यस्तै सुनबर्शी स्वास्थ्य साखा प्रमुख किशोर मण्डल -९८४२०७७३९३ मा सम्पर्क गरि कुनै पनि सुचना वा समस्या राख्न सकिने प्रमुख दासले बताउनु भयो।
क्वारेन्टाइन राखिएको व्यक्तिहरुलाई खाना तथा नास्ताको व्यवस्था नगरपालिकाले नै गर्ने छ।

सुनबर्शी नगरपालिकामा लाग्ने सम्पूर्ण हाटबजारहरु पूर्ण रुपमा बन्द गरिएको छ

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!