बुधबार, चैत्र १२, २०७६ || 722  पटक पढिएको

नेपालका प्रमुख श्रम गन्तव्य मुलुकमा पनि कोभिड–१९ को सङ्क्रमण देखिएसँगै सरकारले त्यहाँ रहेका नेपाली कामदारको अवस्थाका बारेमा जानकारी लिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भिडियो कन्फ्रेन्समार्फत आज विभिन्न पाँच मुलुकका राजदूतसँग नेपाली कामदारको अवस्थाबारेमा जानकारी लिनुभएको हो । उहाँहरुले मलेसिया, इजरायल, जापान, दक्षिण कोरिया र दक्षिण अफ्रिकाका राजदूतसँग जानकारी लिनुभएको थियो । सो क्रममा मन्त्रीद्वयले कुनै पनि नेपाली श्रमिक बेरोजगार भए उनीहरुको खाना, बस्न उचित प्रबन्ध मिलाउन निर्देशन दिनुभएको श्रम मन्त्रालयले जनाएको छ । सरकारले सोमबार पनि विभिन्न मुलुकमा रहेका नियोग प्रमुखसँग छलफल गरी त्यहाँ रहेका नेपालीको अवस्थाबारे जानकारी लिएको थियो । नेपालीको प्रमुख गन्तव्य मुलुक मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, दक्षिण कोरिया, ओमन र कुवेतलगायत मुलुकमा कोरोना भाइसरको सङ्क्रमण देखिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!