काठमाडौं– राष्ट्रिय सभाकी सांसद डा. अन्जान शाक्यको स्वर रहेको म्युजिक भिडियो ‘मेरो गीत भित्र’ सार्वजनिक भएको छ। लामो समयपछि गीत–संगीत क्षेत्रमा पुनरागमन गर्दै शाक्यले उक्त गीतमार्फत आफ्ना श्रोतालाई फेरि एकपटक भावनात्मक यात्रामा डो¥याएकी छन्।

गीतमा चर्चित कलाकार सरोज खनाल र पूर्व मिस नेपाल उषा खड्गीको अभिनय रहेको छ। डा. अन्जान शाक्यको स्वर रहेको यस गीतको संगीत डा. अन्जान शाक्य र इञ्जिनियर सञ्जय शाक्यले संयुक्त रूपमा तयार पारेका हुन्। गीतका शब्द सञ्जय शाक्यका छन् भने म्युजिक भिडियोको निर्देशन देवकुमार श्रेष्ठले गरेका छन्।

यसअघि ‘रोज’, ‘बहार’, ‘श्रष्द्रापुष्प’, ‘अन्जानपथ’ लगायतका एकल एल्बम तथा दर्जनभन्दा बढी कलेक्सन एल्बममा गीत गाइसकेकी शाक्यले करिब २२ वर्षअघि ‘शिरीष’ एल्बम सार्वजनिक गरेकी थिइन्। त्यसपछि विद्यावारिधिको अध्ययन तथा व्यावसायिक जिम्मेवारीमा व्यस्त बनेपछि उनी गीत–संगीतको यात्राबाट टाढिएकी थिइन्।

२२ वर्षको लामो अन्तरालपछि ‘मेरो गीत भित्र’ मार्फत शाक्य पुनः संगीत क्षेत्रमा फर्किएकी हुन्। इजरायलका लागि नेपाली राजदूतको जिम्मेवारी पूरा गरी फर्किएपछि आफूमा पुनः गजल तथा गीत गाउने चाहना जागेको उनले बताइन्।

“गजल गाउने रहर त थियो, तर मनपर्ने शब्द भेटिन गाह्रो भइरहेको थियो,” उनले भनिन्, “मेरो श्रीमान् डा. अजयक्रान्ति मात्र होइन, उहाँको परिवार नै गीत–संगीत र साहित्यप्रति रुचि राख्ने परिवार हो। नेपाल टेलिकमबाट अवकाश लिनु भएका इञ्जिनियर सञ्जय शाक्य त गीत–संगीत भनेपछि अझै उत्साहित हुनुहुन्थ्यो।”

शब्द लेखनमा सञ्जय शाक्यलाई निरन्तर हौसला दिँदै आएको बताउँदै शाक्यले राम्रो शब्द तयार भएमा आफूले संगीत भर्ने मात्र नभई स्वरसमेत दिने इच्छा व्यक्त गरेपछि गीतले पूर्ण रूप लिएको सुनाइन्। यही सहकार्यको परिणामस्वरूप ‘मेरो गीत भित्र’ तयार भएको हो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!