बुधबार, चैत्र १२, २०७६ || 1025  पटक पढिएको

तनहुँको शुक्लागण्डकी नगरपालिकामा विदेशबाट फर्किएका छ जना होम क्वारेन्टाइनमा बसेका छन् । कोभिड–१९ को सचेतनास्वरुप विदेशबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न सुझाव दिइएबमोजिम उनीहरु पनि होम क्वारेन्टाइनमा बसेका हुन् । शुक्लागण्डकी नगरपालिकामा गठित दु्रत प्रतिकार्य टोलीका संयोजक एवं स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले विदेशबाट फकिएका उनीहरुलाई घरमै सुरक्षित रुपमा बस्न सुझाव दिइएको जानकारी दिनुभयो । श्रीवास्तवका अनुसार पछिल्लो अवधिमा नगरपालिकाभित्र धेरै नै सङ्ख्यामा विदेशबाट फर्किएको पाइएकोले तथ्याङ्क सङ्कलनको काम भइरहेको छ । उहाँका अनुसार भारतको गुजरातबाट आएका एक, दुवईबाट दुई, जापानबाट एक, कतारबाट एक र बहराइनबाट एक जना होम क्वारेन्टाइनमा बसेका छन् । “विदेशबाट फर्किएको हुनाले कोभिड–१९ को सङ्क्रमण हुन सक्ने भएकाले उहाँहरुलाई सम्पर्क गरेर होम क्वारेन्टाइनमा बस्न सुझाव दियौ,” उहाँले भन्नुभयो, । विदेशबाट फर्किएकाको तथ्याङ्क सङ्कलनका लागि हटलाइनको व्यवस्था गरिएकाले थप व्यक्तिहरुको तथ्याङ्क सङ्कलन भइरहेको छ । यता व्यास नगरपालिकाका विभिन्न वडामा पनि विदेशबाट फर्किएकाहरुको जानकारी लिने काम भइरहेको छ । व्यास नगरपालिका–१, ६, ९ लगायतका वडामा विदेशबाट युवाहरु आएको सम्बन्धित वडाका अध्यक्षहरुले जानकारी दिनुभएको छ । व्यास नगरपालिका–६ का वडाध्यक्ष सूर्यभक्त भण्डारीले दुवईबाट फर्किएका युवालाई सम्पर्क गरी सुरक्षित रुपमा घरमा बस्न आग्रह गरिएको जानकारी दिनुभयो । नगरपालिकाले प्रत्येक वडा कार्यालयमार्फत् विदेशबाट फर्किएकाको विवरण सङ्कलन गरिरहेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!