निशान कंडेल

सोमबार, साउन २१, २०८१ || 19696  पटक पढिएको

विराटनगर । नेपालकै पहिलो एक मात्र TMJ मा PHD गरेका डा. मनोज साहले अब विराटनगरमा पहिलो पटक सेवा प्रधान गर्ने भएका छन् । विराटनगर स्थित पारस अस्पतालमा डा. साह प्रत्येक महिनाको पहिलो शनिबार काठमाडौं बाट आएर मुख तथा अनुहारको जोर्नी (TMJ)को जाँच र उपचार गर्ने भएका छन् ।

मुख खोल्दा वा बन्द गर्दा कानको अगाडी दुख्ने , खाना चपाउँदा किट् किट् आवाज आउने , मुख कम खुलने वा अड्किने , गाँला पट्टीको मासपेशी भारी भएको महसुस हुने , दुखाई बल्झिएर कान , टाँउको र घाँटी सम्म फैलिने, राती सुत्दा दाँत किट्ने , घुर्ने र साँस फेन गाह्रो भएर बिउझिने जस्ता विभिन्न समस्याहरु मुख तथा अनुहारको जोर्नीमा देखा पर्न सक्छ ।

यस्ता समस्याहरु भएमा आउदो भाद्र १ गते देखी विराटनगरमा पनी डा. मनोज साह बाट उपचारको लाभ लिन सकिने छ । डा.साह KATHMANDU TMJ AND OROFACIAL PAIN CARE CENTRE को TMJ/TMD स्पेसलिस्ट , OROFACIAL PAIN फिजिसियन र oral and maxillofacial सर्जन हुन् । उनले थुप्रै बिरामीहरु सफलता पूर्वक उपचार गरिसकेका छन् ।

विशेष शल्यक्रियासहित यस रोगको उपचार अब पारस अस्पतालमा भएकोले बिरामीहरुले अब काठमाडौं धाउनुपर्ने बाध्यता टरेको छ । यसबाट स्थानीय बिरामीहरुले कम खर्चमा र सहज रुपमा उपचार पाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!