खबर ठुलो छ

मिर्चैया नगरपालिकाका मेयर श्रवण यादवको अध्यक्षतामा वसेको बैठकको निर्णयले क्यारेन्टाइनको व्यवस्था मिलाएको छ । नोवेल कोराना भाइरस संक्रमणलाई रोकथाम तथा नियन्त्रणका सम्बन्धी देहाय वमोजिमको प्रस्ताव माथी छलफल निर्णय गरियाकोे छ ।
सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं. ७ मा रहेका मारुती होटल र होटल होलीडेमा क्वारेन्टाइन स्थापना गरिने भएको छ । क्यारेन्टाइनमा राखिएको विरामीको सम्र्पूण सुरक्षा व्यवस्था ईलाका प्रहरी कार्यालय मिर्चैयाले गर्ने (डिएसपी) सन्तुलाल प्रसाद जैसवार बताए । क्यारेन्टाइनको लागी खटिने चिकित्सहरु स्वास्थ्य कर्मी सुरक्षाकर्मीहरुको नेपाल सरकारले तोके वमोजीमको सेवा सुविधाहरुको व्यवस्था गर्ने,र सो को लागी मेडिकल टिमको समेत व्यवस्था गर्ने मिर्चैया नगरपालिकाका मेयर यादवले बताए ।

 

मेयर यादवको अनुसार सम्भावीत लक्षण देखिएमा व्यत्तिहरको आवत जावतका लागी एम्बुलेन्सको व्यवस्था गर्ने, क्यारेन्टाइनमा वसेको विरामी मेडिकल रित्त को खाना नास्ता को व्यवस्था गर्ने मिर्चैया नगरपालिकाले गर्ने छ ।
मिर्चैया गरपालिकाका मेयर श्रवण यादव, उपमेयर जिवछी देवी साह, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) सन्तुलाल प्रसाद जैसवार,मिर्चैया नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सुरेश सिंह,सोही वडाका वडाध्यक्षसहित नागरिक समाजले मारुती होटल र होटल होलीडेको सो भवनको अनुगमनसमेत गरेको छ ।

 

 

 

बुधबार, चैत्र १२, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया