बुधबार, चैत्र १२, २०७६ || 1348  पटक पढिएको

ईलाका प्रहरी कार्यालय मिर्चैयाले सर्वसाधारणलाई सकेसम्म घरबाट बाहिर ननिस्कन अपील गरेको छ । नोवेल कोराना भाइरस संक्रमणको जोखिमलाई मध्यनगर गर्दै ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) सन्तुलाल प्रसाद जैसवारले यस्तो अनुरोध गरेको हो ।
(डिएसपी) जैसवारले भने सर्वसाधरणहरुलाई प्रहरी प्रशासनलाई सहयोग गर्न अपिल गरेका छन । त्यस्तै डियुटीमा खटिएका प्रहरीहरुले आफुहरु सुरक्षा दिन तयार भएको र घर भित्रै बस्न सर्वसाधरणहरुलाई आग्रह गदै आएका छन । भिडभाड गर्ने र लुकी छिपी हिड्ने काम बन्द गर्न प्रहरीको आग्रह छ । प्रहरी प्रशासनलाई सहयोग गर्दै आफु पनि बचौ अरुलाई पनि बचाउँ ।
जिल्ला प्रहरी कार्यालय सिरहाले संक्रमणविरुद्ध अभियान सञ्चालन गर्दै सर्वसाधारणलाई घरबाहिर ननिस्कन आग्रह गरेको हो । कार्यालयले ‘हामी तपाईंको सुरक्षार्थ बाहिर छौँ, तपाईं हाम्रो सुरक्षार्थ्भित्रै बस्नुहोस्,’’ भन्ने नारा नै तय गरेको छ ।
प्रत्येक सडकचोक, बस्ती तथा टोलमा ‘माइकिङ’ गरी सरसफाइ र कोरोनाको लक्षणका सम्बन्धमा सचेतना फैलाउन समेत थालेका छन्।
सर्वसाधारण नागरिकमा समस्या देखिए आवश्यक सुविधाका लागि जिल्ला प्रहरीले प्रहरी अस्पतालको एम्बुलेन्स र प्रहरी भ्यान प्रयोग गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!