निशान कंडेल

आइतबार, साउन ०६, २०८१ || 7218  पटक पढिएको

विराटनगरस्थित पारस अस्पतालले फेरि एक पटक गरिब तथा विपन्न बिरामीको निःशुल्क उपचार गरी सबैको मन जित्न सफल भएको छ । सिरहाको मिर्चया नगरपालिकाकी ४५ वर्षीय गिता सरदारको निःशुल्क पाठेघरको सल्यक्रिया गरिएको हो । चार महिनादेखि उनको पाठेघरमा समस्याले रक्तस्राव भइरहेको थियो ।

स्थानीय जनप्रतिनिधि र स्थानियको सहयोगमा उनलाई विराटनगर स्थित पारस अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । जेनरल सर्जन डा. सफिउर रहमानको टिमले सफलतापूर्वक उनको पाठेघर निकालेको छ ।अस्पतालकी नर्सिङ इन्चार्ज सृजना यादवका अनुसार सरदार बिभिन्न अस्पतालहरूमा उपचारका लागि धाइरहेकी थिइन् र अन्तमा पारस अस्पताल आइन् ।

आर्थिक अवस्था कमजोर भएको कारण उनलाई उपचारमा समस्या भइरहेको थियो । यस अस्पतालले सरदारको निःशुल्क उपचार गराइदिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत हेम नारायण मेहताले जानकारी दिए ।

निःशुल्क उपचार पाएपछि सरदारले डाक्टर र अस्पताललाई धन्यवाद व्यक्त गरिन् । यस अस्पतालले लामो समयदेखि गरिब तथा विपन्नहरूलाई विभिन्न सेवा सुविधाहरू प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!