बुधबार, चैत्र १२, २०७६ || 1049  पटक पढिएको

मोजाम्बिक । शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय नियोग ‘आइओएम’ का अनुसार मोजाम्बिकमा एउटा कन्टेनरभित्र ६४ पुरुषको शव फेला परेको छ ।

बाहिरबाट बन्द गरिएको उक्त कन्टेनरलाई टेटेस्थित एउटा चेकप्वाइन्टमा सुरक्षा जाँचका क्रममा खोलेर हेर्दा शवहरु फेला परेको अधिकारीहरुको भनाइ छ ।

आइओएमका अनुसार १४ जनाको भने उद्धार गरिएको छ । स्वास्थ्य परीक्षणका लागि उनीहरुलाई स्थानीय अस्पतालमा पठाइएको छ ।

उद्धार गरिएकाहरुका अनुसार उनीहरु इथियोपियाबाट दक्षिण अफ्रिका जाँदै थिए । कन्टेनर चालक र सहचालकलाई नियन्त्रणमा लिइएको छ । चालकका अनुसार उसलाई ती व्यक्ति लगिदिएबापत करिब ५ सय डलर दिने प्रतिबद्धता जनाइएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!