हिपमत डटकम

बिहिबार, साउन ०३, २०८१ || 2397  पटक पढिएको

विराटनगर १० स्थित शिक्षादीप कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गर्दै आज अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा कलेजका नयाँ विद्यार्थी, शिक्षक–शिक्षिका र अभिभावकहरुको सहभागिता थियो ।

कार्यक्रमका प्रमुख अतिथि डाक्टर मिलन गैह्रेले आफ्नो अनुभव सुनाउँदै शिक्षादीपले नयाँ विद्यार्थीलाई उत्प्रेरित गर्न हरसम्भव प्रयास गरेको बताए । उनले विद्यार्थीहरुलाई अफ्ठ्यारो परिस्थितिमा पनि आफूहरु कसरी अगाडी बढ्ने, अध्ययन गर्दै जाँदा विभिन्न चुनौतीहरु आउँछन् त्यसलाई कसरी समाधान गर्ने जस्ता महत्वपूर्ण कुराहरु साझा गरेका थिए ।

कलेजका संस्थापक अध्यक्ष तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले उज्ज्वल भविष्यको कल्पनासहित शिक्षादीप भर्ना भएका विद्यार्थीहरूलाई शुभकामना दिए । उनले विद्यार्थीले आफ्नो मात्र नभई परिवार, समाज र देशका लागि केही गर्ने अठोटका साथ अगाडि बढ्नुपर्ने बताए ।

कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले विद्यार्थीहरुलाई आगामी दुई वर्षमा आउने चुनौतीको सामना गर्न अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताए । उनले प्रवीणता तह जिन्दगीको टर्निङ प्वाइन्ट भएको उल्लेख गर्दै विद्यार्थीहरुको सफलतामा अभिभावकहरुको खुशी हुने दिन आउँछ त्यो दिनमात्र कलेज परिवार खुशी हुने बताउँदै विद्यार्थीहरुलाई यो समयको सदुपयोग गर्दै आफ्नो भविष्य उज्ज्वल पारेर आफ्ना अभिभावकको सपना पूरा गरी कलेजको लक्ष्य साकार गर्न शुभकामना दिए ।

कार्यक्रममा कलेजका सहप्राध्यापक ललितकुमार मण्डल, विज्ञान संकायका कोर्डिनेटर नवीन राय, कलेजका चिफ डायरेक्टर रमेशकुमार मण्डल लगायतले विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्दै शिक्षादीप कलेज रोजेकोमा विद्यार्थी र उनीहरूका अभिभावकलाई धन्यवाद दिए ।

उनीहरुले अनुशासन र गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राखेर कलेज अगाडि बढिरहेको बताए । कार्यक्रममा शिक्षादीपमा भर्ना भएका विद्यार्थीहरुले अन्य कलेजहरु बीच शिक्षादीप रोजेको कारणबारे आफ्नो धारणा समेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!