विराटनगर। विराटनगर महानगरपालिकाले पशुपालक किसानका लागि परजीवि नियन्त्रणका लागि औषधि वितरण गरेको छ ।महानगरको पशुपंक्षी शाखाले वडा नम्बर १८ को भेडियारी टोलमा आयोजित कार्यक्रममा पशु किसानलाई परजीवि नियन्त्रणसम्बन्धी औषधि वितरण गरेको हो । पशुको गोबर जाँच गरी आन्तरिक परजीवि नियन्त्रणका लागि निःशुल्क रुपमा औषध वितरण गरिएको शाखा प्रमुख शुभनारायण यादवले जानकारी दिनुभयो । सो क्षेत्रमा किसानले पशुपालन गर्दै आएका छन् । उनीहरुलाई गाई, भैंसी र बाख्रा व्यावसायिक रुपमै पाल्दै आएका छन् । जसबाट किसानले राम्रो आम्दानीसमेत गर्दै आएका छन् ।

आन्तरिक परजीविका कारण उत्पादनमा किसानले ठूलो नोक्सानी खेप्दै आएकाले औषधि वितरण गरिएको हो । परजीवि नियन्त्रणको औषधि सेवनले उत्पादनमा वृद्धि हुने शाखा प्रमुख यादवको दाबी छ ।वडाध्यक्ष जितेन्द्रकुमार साहको समेत उपस्थितिमा भएको कार्यक्रममा ७६ घरपरिवारका २ सय ३५ वटा पशुवस्तुलाई परजीविको औषधि निःशुल्क वितरण गरिएको पशुपंक्षी शाखाका गणेश पौडेलले जानकारी दिए ।

पशुका लागि आयोजित शिविरमा शाखाकी डा. सरहाना सुवेदीले चेकजाँच गरेकी थिइन् । महानगरमा दर्ता भएका ४० वटा पशु कृषि फर्मलाई समेत परजीवि नियन्त्रणको औषधि निःशुल्क वितरण गरिएको उनले बताए । यस वर्ष १ सय २१ जना किसानलाई हिउँदे र वर्षे घाँसको बिऊसमेत निःशुल्क वितरण गरिएको शाखा प्रमुख यादवले बताए । १ सय महिला बाख्रा कृषक समूहलाई पनि आन्तरिक र बाह्य परजीवि नियन्त्रणको औषधि वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!