मंगलबार, चैत्र ११, २०७६ || 861  पटक पढिएको

कोरोनाको महामारी फैलिरहेका बेला पोखरामा धर्मका नामका भाइरसबारे भ्रम फैलाउने एक धर्मगुरुलाई आज कास्की प्रहरीले पक्राउ गरेको छ । जुम्ला घर भएका २९ वर्षीय केशवराज आचार्यलाई इसाई धर्मको प्रचार गरी येशुका अनुयायीलाई कोरोना सङ्क्रमण हुँदैन भन्दै भ्रामक प्रचार गरेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्कीले लामो समयदेखि पोखरामा बस्दै आचार्यले इसाई धर्मका नाममा कोरोनाबारे भ्रम फैलाएको बताउनु भयो । आचार्यले केही दिनअघि पोखरा आसपासका सुकुम्बासी बस्तीमा पुगेर “कोरोना मरिजा येशुको नाममा” भनी बनाएको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो । विपद्का बेला अनेक प्रचारबाजी हुने भएकाले संयम अपनाएर घरभित्रै बस्न र भ्रामक कुराको पछि नलाग्न कास्की प्रहरीले सबैमा आग्रह गरेको छ । —

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!