मंगलबार, चैत्र ११, २०७६ || 726  पटक पढिएको

‘आफूलाई डर लाग्दैन भन्ने मानिस सुपर हिरो हो, हामी सुपर हिरोहरु होइनौं, हामी क्रान्तिकारी डाक्टरहरु हौं ।’

यो गर्जन हो, क्युबाका क्रान्तिकारी डाक्टरहरुको, जो कोरोनाभाइरसको महाव्याधिले सबैभन्दा आक्रान्त तुल्याएको इटालीलाई सघाउनको लागि जाँदै थिए, र उनीहरुलाई गत शनिवार इटाली प्रस्थान गर्नुअघि हवानाको जोसे मार्टी एयरपोर्टमा पत्रकारले प्रश्न सोधेका थिए, ‘के तपाईंहरुलाई डर लाग्दैन ।’

हो, कोरोनाभाइरसको महाव्याधिले यतिखेर संसारभरि सबैभन्दा बेसी कसैलाई आक्रान्त तुल्याएको छ भने त्यो इटाली नै हो । कतिसम्म भने, कोभिड– १९ नाम दिइएको यो महाव्याधिको चपेटामा परेर मृत्यु हुनेहरुको संख्यामा इटालीले चीनलाई पनि उछिने सकेको छ । सन् २०१९ को डिसेम्बर महिनाको अन्तिमतिर सबैभन्दा पहिले यो भाइरसको संक्रमण चीनको हुवेई प्रान्तको राजधानी ऊहानमा देखापरेको थियो ।

अति उच्च दक्षता भएका तालिम प्राप्त ५२ जना डाक्टर तथा नर्सहरुको यो टीमले कोभिड–१९ विरुद्ध इटालीको लडाइमा चीनका निजामती डाक्टरहरु र रुसका सैनिक डाक्टरहरुसँग मिलेर काम गर्नेछन् । उनीहरुको कार्यक्षेत्र कोरोनाले सबैभन्दा बढी प्रभावित इटालीको बरगाम्बो क्षेत्रमा हुनेछ । यतिखेर इटालीका अस्पतालहरुमा स्वास्थ्यकर्मीरुको व्यापक अभाव छ र समग्र क्षेत्रकै स्वास्थ्य प्रणाली डामाडोल बन्दै गइरहेको छ ।

स्मरण रहोस्, अमेरिकाको कठोर नाकाबन्दीका बीच पनि विकसित क्युबाको स्वास्थ्य प्रणाली विश्वस्तरको मानिन्छ र त्यो ल्याटिन अमेरिकाभरिमै सबैभन्दा व्यवसायिक र दक्ष मानिन्छ । अहिले पनि स्वास्थ्यको क्षेत्रमा मानवीय सहयोग प्रदान गर्नमा क्युबा अग्रणी रुपमा आउने गर्छ । स्रोतः साउथफ्रन्ट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!