बिराटनगर ।  बैशाख ३ गते चलचित्र पत्रकार संघ नेपाल, कोशी प्रदेश शाखाको आयोजना र मोरङ जिल्ला शाखाको सह-आयोजनामा कोशी प्रदेशका कलाकारहरुसंग ‘सिने समस्या र समाधान’ विषयक अन्तक्रिया कार्यक्रम आयोजना गरिने भएको छ । पछिल्लो समय कोशी प्रदेशमा फिल्म छायांकन तथा प्रचारप्रसारका लागी काठमाडौका फिल्मकर्मीहरु पनि तानिने क्रम बढ्दो छ । त्यसैले यहाँका सिनेमा र संगीत क्षेत्रमा भएका समस्या र समाधानको बाटो यहीँका चलचित्रकर्मी, हल व्यवसायी र सङितकर्मी माझको छलफलबाट खोज्ने प्रयास स्वरुप यो कार्यक्रमको तर्जुमा भएको चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश शाखाका सचीव सुवास संकल्प श्रेष्ठले जानकारी गराए ।

बिराटनगर महानगरपालिकाका नगरप्रमुख नागेश कोइराला प्रमुख अतिथी रहने कार्यक्रम बिराटनगरको पुष्पलाल चोकमा अवस्थित ताण्डब रेस्ट्रो एण्ड क्याफेमा बिहान ११ बजेदेखी सुरु हुने छ । अन्तक्रिया कार्यक्रमका लागी वक्ताको रुपमा वरिष्ठ कलाकार प्रेम सुब्बा, हल व्यायसायी कुबेर शर्मा, फिल्म निर्देशक केशब रायमाझी र गायक तथा कलाकार श्रीकृष्ण लुइँटेल रहेका छन् । यी वक्ताहरुले आफ्नो आफ्नो विधा अन्तर्गत रहि कोशी प्रदेशमा फिल्म छायांकन र प्रदर्शनमा देखिएका सिनेमा समस्या संगै संगीत विधामा के कस्तो समस्या छ भन्ने बारेमा कुरा साझेदार गर्ने तालिका तय भएको चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश अध्यक्ष सन्जु राईले बताइन् ।

यस्तै यो सेसनको टिप्पणीकर्ताको रुपमा फिल्म निर्देशक तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भीषण राई रहेका छन् भने अन्तक्रियाको सहजकर्ता आयोजक संस्थाका सचीव सुवास संकल्प श्रेष्ठले गर्नेछन् । नयाँ वर्ष २०८१ सालको प्रारम्भ भएको अवसरमा विश्व कला दिवस पनि बैशाख ३ गते पर्ने भएकोले यो समयमा कार्यक्रम गर्न लागिएको हो । कोशी प्रदेश भरिका कलाकारहरूलाई समेट्ने गरि यतिबेला तयारी भैरहेको छ ।

अन्तक्रिया कार्यक्रमसंगै नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम पनि रहनेछ । यो कार्यक्रमको सहयोगीको रुपमा फिल्म बलिदान, घरज्वाईं, अञ्जीला, सुगुप, पुजार सार्की रहेको छ भने सौन्दर्य प्रतियोगिता फेस अफ नेपाल, रिजन होटल एण्ड म्युजिक क्याफे, वाई वाई नुडल्स र टेलिफिल्म बाहुनी कान्छी पनि यो कार्यक्रमको सहयोगीको रुपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!