हिपमत डटकम

शनिबार, बैशाख २०, २०८२ || 3986  पटक पढिएको

विराटनगर।उदयपुर, झापा, सुनसरी र मोरङका विभिन्न स्थानबाट प्रतिबन्धित औषधि र ब्राउन सुगरसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।वैशाख १९ गते विराटनगर महानगरपालिका-१६ स्थित लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मोरङको बेलबारी नगरपालिका-३ का २४ वर्षीय प्रवेश राईलाई ३ ग्राम २ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।

यसैगरी, इलाका प्रहरी कार्यालय उर्लाबारी, मोरङबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका-९ का २५ वर्षीय सुमन राईलाई उनकै घरबाट प्रतिबन्धित औषधि स्पास्मिट र ट्रमाडोल गरी २ सय २ ट्याब्लेट तथा १२ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गर्न सफल भएको छ ।

त्यस्तै, झापाको मेचीनगर नगरपालिका-६ स्थित लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ का २९ वर्षीय दिपक मल्लिक, २५ वर्षीय सरोज दाहाल, २५ वर्षीय शौगात पोखरेल र २१ वर्षीय विजय भुजेललाई १ ग्राम १ सय ९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

उता, जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरको त्रियुगा नगरपालिका-१० का २१ वर्षीय अनमोल राईको घरबाट लागू औषध गाँजा २ सय ५९ ग्राम, औषधि कोलिवन र ट्रमाडोल गरी ७ सय ३६ ट्याब्लेटसहित नियन्त्रणमा लिएको छ ।पक्राउ परेका सबै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!