रामकुमार परियार

शनिबार, बैशाख २०, २०८२ || 3704  पटक पढिएको

पथरीशनिश्चरे। ‘खेलकुद राष्ट्रको शान , स्थानीय खेलमा उत्पादन हाम्रो अभियान’ भन्ने नारा सहित मोरङको पथरीशनिश्चरेमा दोस्रो नगर खेलकुद महोत्सव शुरु भएको छ ।

आज (शनिबार) जाँते मोडस्थित पथरी रंगशालामा पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले भव्य समारोहका बिच दोस्रो नगर खेलकुद महोत्सवको उद्घाटन गरेका हुन । उद्घाटन सत्रमा बोल्दै नगर प्रमुख तुम्बापोले खेल क्षेत्रको विकासका लागि आफु सदैव सकारात्मक रहेको बताए । उनले खेलको माध्यमबाट देशलाई विश्वमा चिनाउन सकिने उल्लेख गर्दै पथरीशनिश्चरे नगरमा रहेका खेलाडीहरुको श्रीवृद्धिमा नगरको तर्फबाट सदैव सहयोग प्राप्त हुने बताए ।

उद्घाटन सत्रमा बोल्दै नगर खेलकुद विकास समितिका सदस्य सचीव एवम् नगरको युवा , खेलकुद तथा शिक्षा शाखा प्रमुख नविन खुलालले यसपटक गतवर्षको भन्दा पृथक रूपमा थप खेलका विधाहरु समेत समेटेर महोत्सव आयोजना गरिएको बताए । उनले नगरमा हुने खेलकुद महोत्सवले राष्ट्रिय स्तरमा नाम चम्काउन सक्ने खेलाडीहरु जन्माउने विश्वास समेत व्यक्त गरेका थिए ।

उद्घाटन समारोहमा नगर उपप्रमुख देविमाया काफ्ले , प्रमुख प्रशासकीय अधिकृत शशि राई , निवर्तमान नगर प्रमुख दिलिपकुमार राई (किशोर), वडाध्यक्षहरु भीम राई , नैना राई, बिजय लिम्बु , लोककिरण न्यौपाने , उद्धवराज बस्नेत , नविन कार्की, शिक्षा शाखा प्रमुख एवम् नगर खेलकुद विकास समितिका सदस्य सचिव नविन खुलाल, ईलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक खगेन्द्र एक्तेन , नगर स्वास्थ शाखा प्रमुख मुरारी आचार्य , कार्यपालिका सदस्यहरु , सामाजिक व्यक्तित्वहरु र राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

नगर खेलकुद विकास समितिले आयोजना गरेको खेलकुद महोत्सवमा यसपटक महिला तथा पुरुष फुटबल, पुरुष भलिवल, पुरुष क्रिकेट, बुद्धिचाल, कराँते, मिनि म्याराथन, भारोत्तोलन र पौडी प्रतियोगिता सञ्चालन हुनेछन् । जसका विजेताहरुले आकर्षक पुरस्कार राशि सहित ट्र्फि , मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

उद्घाटन खेलमा नाजरिन फुटबल क्लब विजयी

निकै प्रतिस्पर्धात्मक रहेको उद्घाटन खेलमा वडा नं ४ को न्यु स्टार फुटबल क्लब किर्तिपुरलाई वडा नं १ को नाजरिन फुटबल क्लबले हरायो ।

निर्धारित ६० मिनेटको खेलमा दुवैपक्षबाट गोल हुन नसकेपछि थपिएको अतिरिक्त समयमा पनि दुवैतर्फबाट गोल हुन नसक्दा खेल टाईव्रेकरमा धकेलिएको थियो ।

टाईव्रेकरमा नाजरिन फुटबल क्लबले न्यू स्टार फुटबल क्लन कीर्तिपुरलाई ४-२ गोल अन्तरले पराजित गर्दै विजय हासिल गरेको थियो । आजको खेलको म्यान अफ दि म्याच नाजरिन फुटबल क्लबका क्याप्टेन बादल लिम्बु घोषित भए ।

भोलिको खेल विशाल युवा फुटबल क्लब र सुनौलो कल्याण फुटबल क्लब बिच दिउँसो ३ बजे पथरी रंगशालामा हुनेछ ।

भोलिदेखि क्रिकेट

खेलकुद महोत्सव अन्तर्गत भोलिदेखि जिरिखिम्ति खेल मैदानमा क्रिकेट प्रतियोगिता सुरु हुनेछ । जसअन्तर्गत टिम बक्राहा विरुद्ध टिम सेल्फी बीच विहान ९ बजे र टिम झुल्के विरुद्ध टिम डाँस मोरङ्गी बिच दिउँसो १ बजे खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!