रबिन्द्र बराल

शनिबार, चैत्र १७, २०८० || 6154  पटक पढिएको

रंगेली। रक्तदान जीवनदान भन्ने मुल नाराका साथ रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। उक्त रक्तदान कार्यक्रममा काली मन्दिरको प्राङ्गणमा गरिएको हो।

संस्थाका शेयर सदस्य सदस्य स्थानीय , युवा, युवती लगायतले रक्तदान दिएका थिए। ६७औं राष्ट्रिय सहकारी दिवसको अवसरमा साताव्यापि कार्यक्रम अन्तर्गत आज रक्तदान कार्यक्रम गरिएको आयोजक संस्थाका सदस्यहरुले बताए ।

नेपाल रेडक्रस साेसाईटि बिराटनगरकाे सहकार्यमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको हो रक्तदान कार्यक्रममा १७ जनाले रक्तदान गरेका थिए।

कार्यक्रममा संस्थाका अध्यक्ष कैलाश प्रसाद मण्डल, संस्थाका अमरजित सरदार, स्थानीय सुशील मण्डल, नन्द किशोर मण्डल चन्दन कुमार मण्डल लगायतको समेत रक्तदान कार्यक्रममा सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!