२०१५ मा आजकै दिन जर्मन एयरलाईनरको विमान फ्रान्सको उच्च पहाडमा विमान ठोक्किँदा १ सय ४९ यात्रुको मृत्यु भएको थियो । यस विमानका सह–पाइलटले आत्महत्या गर्ने मनसायसहित विमान ठोक्याएको अनुसन्धानकर्ताको ठहर छ ।

दुर्घटनामा परेको ‘जर्मनविङ्स फ्लाईट ९५२५’जहाज स्पेनको बार्सिलोनाबाट जर्मनीको डुसलडोर्फ जाँदै थियो । स्थानीय समयअनुसार झन्डै १० बजेतिर यो फ्लाइटले बार्सिलोनाबाट टेकअफ लिएको थियो र १० बजेर २७ मिनेट जाँदा यो ३८ हजार फिट उचाईमा उडिरहेको थियो ।

लगत्तै, ३४ वर्षीय क्याप्टेन प्याट्रिक सोन्डेनहेइमेरले को–पाइलट २७ वर्षीय आन्द्रेस लुबिज्चलाई जहाज उठाउने जिम्मेवारी दिएर कटपीट छाडे, सम्भवत उनी ट्वाइलेट गएका थिए । १० बजेर ३१ मिनेट जाँदा प्लेनको स्पिड निकै बढिरहेको थियो र १० मिनेपछि दक्षिणी फ्रान्सको प्राड्स हउटे ब्लिवान बस्ती नजिकको पहाडी जमिनमा यो दुर्घटनामा प¥यो । दुर्घटनामा कोही पनि बाँचेनन् । यस विमानमा दुई पाइलट, चारजना क्याविनका कर्मचारी र १८ देशका १ सय ४४ यात्रु सवार थिए ।

अनुसन्धानकर्ताहरुका अनुसार क्याप्टेनले एकपटक ककपिट छाडेर हिंँडेपछि सायद, लुब्टिज्चले उनलाई फर्कनका लागि ढोका खोलिदिएनन् । प्लेकको ब्ल्याक बक्सका रेकर्ड क्याप्टेन सोन्डेनहेइमर चिच्याएको आवाज सुनिन्छ, उनले आफ्ना को–पाइलटलाई ढोका खोल्न भनेका हुनसक्छन् र आफैं ढोका फोड्ने प्रयास पनि गरेका हुनसक्छन् ।

फ्लाइट डाटा रेकर्डरले देखाएअनुसार यसअघि सोही दिनको अघिल्लो उडानमा लुविट्ज्चले आत्महत्याको प्रयास गरेका थिए ।

अनुसन्धानकर्ताहरुका अनुसार लुबिट्ज्च यसअघि डिप्रेसनबाट पनि ग्रस्त थिए र दुर्घटनाको केही दिनअघि उनले इन्टरनेटमा ‘आत्महत्याका बाटो’ बारे धेरै सोधखोज गरेका थिए । उनले ककपिटको ढोकाको सुरक्षाबारे पनि निकै जानकारी लिएका थिए ।

जर्मनीका लुबिट्ज्चले सन् २००८ मा लुफ्थानसा कम्पनीमार्फत पाइलट ट्रेनिङ गरेका थिए, जर्मनविङ्स एयरलाईनको स्वामित्व यही कम्पनीको नाममा छ । २००९ मा उनले मनोरोग देखिएपनि उपचारका लागि केही समय टे«निङ छाडेका थिए, तर ठिक भएपछि उनी फेरि टे«निङमा आबद्ध भए । उनले सन् २०१२ मा आफ्नो पाइलट लाइसेन्स लिएका थिए । २०१३ बाट जर्मनविङ्समा काम गर्न थाले । अनुसन्धानकर्ताहरुका दुर्घटना हुनभन्दा केही महिनाअघि पहिचान हुन नसकेको मानसिक समस्या लिएर यी पाइलट डाक्टरलाई भेट्न पुगेका थिए । उनले धेरैपटक कामका लागि आफु फिट नरहेको पनि नोट गरेका थिए, तर यो सूचना जहाज कम्पनीलाई दिएनन् । पाइलटले आत्महत्याका लागि यसरी विमान प्रयोग गरेका उदाहरण निकै कम छन् ।

न्युर्योक टाइम्सले प्रकाशित गरेकोे अमेरिकी संघीय उड्ययन प्रशासनको अध्ययनअनुसार २००३ देखि २०१२ सम्म (एफएए) मा दर्ता भएका २ हजार ७ सय ५८ विमान दुर्घटनामध्ये ८ जनाले मात्रै आत्महत्या गरेका थिए ।
अरु के– के भयो ?
– १९८९ मा आजैका दिन अमेरिकी भूमिमा सबैभन्दा ठूलो तेल चुहावट प्रकरण निम्तियो । सुपर ट्यांकर ‘इक्सन भाल्डेज’ बाट दक्षिणी अलास्कास्थित प्रिन्स विलियम साउन्डमा झन्डै १ करोड १० लाख ग्यालिन तेल पोखिएर पानीमा मिसिएको थियो । तेल तुहिने क्रम रोक्न अधिकारीहरु सफल भएनन् , हावा र करेन्टका कारण १ सय माइल्स परसम्म यो तेल फैलियो । जसकारण समून्द्री किनारबाट ७ सय माइल्स परसम्म प्रदूषित भयो, प्रदूषणको चपेटामा हजारौं चरा र जनावर परे । अनुसन्धानपछि यस ट्यांकरका क्याप्टेन जोसेफ हेजिलउड दुर्घटनाको समय रक्सी पिउन मस्त रहेको र उनले लाइसेन्स नभएका अर्का अधिकारीलाई यो ठूलो जहाज चलाउन दिएको खुलासा भयो ।
– ४४ वर्षको शासनपछि १६०३ मा इङल्यान्ड तथा आयरल्यान्डकी महारानी एलिजावेथ प्रथमको ६९ वर्षको उमेरमा निधन भयो । उनी सन्तानविहीन थिइन् । त्यसैले स्कटल्यान्डका राजा जेम्म छैटौंले गद्दीआरोहण गरे अर्थात् इङल्यान्ड तथा आयरल्यान्ड र स्कटल्यान्डले एउटै राजा मान्न थाले । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!